• २० चैत २०८२, शुक्रवार
  • १७ °C काठमाडौं
राजापुर स्थित अमर सहिद माविको ४ कोठे भवन शिलान्यास

केशव कोईराला, १२ चैत्र, राजापुर -बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ४ स्थित अमर सहिद श्रीदशरथ चन्द माध्यमिक विद्यालयमा चार कोठे भवन निर्माण कार्यको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले एक कार्यक्रमका बीच भवन शिलान्यास गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले शैक्षिक पूर्वाधारको विकासले गुणस्तरीय शिक्षा प्रवाहमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । उहाँले विद्यालयको भौतिक संरचना सुधारसँगै शिक्षण सिकाइ वातावरण थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

निर्माण हुन लागेको चार कोठे भवनले विद्यार्थीहरूलाई सहज र सुरक्षित वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । स्थानीय सरकार तथा सरोकारवालाको सहकार्यमा विद्यालयको समग्र विकासमा जोड दिइने समेत कार्यक्रममा उल्लेख गरिएको थियो ।

कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष बिदुर पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल पाण्डे,  प्रधानाध्यापक सरोज झा, शिक्षकहरु, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments