बाँसगढीले लैंगिक हिंसा पीडित महिलाको लागि सुरक्षित आवास निर्माण नगर्ने
अनोज थारु, ९ बैशाख, बर्दिया । बाँसगढी नगरपालिकामा लैङगिक हिंसा रोकथामका लागि सिफारिस संयन्त्र निर्माण संम्बन्धी २ दिने कार्यशाला मंगलबार सम्पन्न भएको छ । एक्सन एड नेपालको सहकार्य तथा समन्वय र बाँसगढी नगरपालिकाको आयोजनामा बैशाख ८ गते देखि कार्यशाला संन्चालनमा थियो ।
कार्यक्रममा प्रमुख अतिथि बाँसगढी नगरपालिकाका नगर उपप्रमुख इन्दिरा कुमारी चौधरीले वडा स्तरबाटै लैङगिक हिंसा, महिला सचेतना संम्बन्धी योजनाहरु आउनु पर्ने भएतापनि नआएको बताउनु भयो । वडा स्तरको योजनामा खाली बिकास निर्माणको काम बाटो ग्राबिल, बाटोमा माटो पटान, पिच, पुल पुलेसाका योजनाहरु मात्रै आउने भएकोले वडाबाटै लैङगिक हिंसा, महिला सचेतना, जस्ता कार्यक्रमको माग गर्न आग्राह गर्नु भयो ।
नगरपालिकामा बसेको बैठकमा समपुरक अनुदान र बिशेष अनुदानको शिर्षकबाट लैङगिक हिंसाको पिडामा परेकालाई सुरक्षा दिन सुरक्षित आवास निर्माणको लागि बहुमतले पास नगरेको प्रति उपप्रमुख चौधरीले दुःखेसो पोख्नु भयो । बैठकमा सुरक्षित गृहको खासै आवश्यकता नभएको र धेरै खर्चिलो हुने भएकोले जिल्ला स्तरमा बनाउने भनेर टारेको उपप्रमुख चौधरीको भनाई छ । भिमराज अवस्थिले सहजिकरण गर्नु भएको कार्यक्रममा सहभागिहरुले निकै फलदायी भएको बताएका थिए ।
तालिम पश्चात महिलाहरुको हौसला र उत्साह देखेर यसैगरी निरन्तर रुपमा अगाडी बढ्न बाँसगढी नगरपालिकाका योजना शाखा प्रमुख खडग बहादुर ओलीले सुझाव दिनु भयो । त्यस्तै महिला तथा बालबालिका शाखाका प्रमुख यशोदा थापाले वडाबाट बिकास निर्माणको लागि मात्रै योजनाहरु आउने गरेकोले योजना छनौट प्रक्रियामा जेष्ट नागरीक, युवा, महिला तथा बालबालिकाहरु पनि सहभागि भएर आफ्नो लागि योजनाको माग गर्नुपर्ने बताउनु भयो ।
महिलाहरुको आत्मबिश्वास र सचेतना जगाउने उद्देश्यले संन्चालन गरेको दुई दिने तालिममा राधाकृष्ण थारु जनसेवा केन्द्रका कोषाध्यक्ष यज्ञराज पोख्रेलले सिकेका कुरालाई आत्मासाथ गर्दै समाजमा देखिएका बिकृति, बिसंगतिलाई अन्त्य गर्न निरन्तर रुपमा अगाडी बढ्न सुझाव दिनुभयो । राधाकृष्ण थारु जनसेवा केन्द्र द्धारा संन्चालित स्थानीय अधिकार कार्यक्रम अन्तरगत संस्थाले बिगत ३ बर्ष देखि बाँसगढी नगरपालिकामा महिला अधिकार, जिबिकोपार्जन, गुणस्तरीय शिक्षा र बिपद् जोखिम न्युनिकरणको क्षेत्रमा कामगर्दै आइरहेको छ ।
संस्थाले यस बर्ष देखि श्रमिक महिलाहरुको मुद्धाहरु उत्थान गर्ने र जलबायु परिवर्तन लाई समेटेर कार्यक्रम गर्ने कार्यक्रम अधिकृत जयराम चौधरीले बताउनु भयो । कार्यक्रममा बाँसगढी नगरपालिका अन्र्तगतका ९ वटा वडाका महिला जनप्रतिनिधि, महिला समुह तथा संन्जालका सदस्य, धर्म गुरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम अधिकृत जयराम चौधरीले संचालन गर्नु भएको थियो ।
Facebook Comments