• ३१ वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
मधुवन नगरपालिकाद्वारा निःशुल्क शव वाहन सेवा

समिक्षा अधिकारी, २२ असार, मधुवन (बर्दिया) । मधुवन नगरपालिकाले जनताका सुविधाका लागि शव वाहन सेवा संचालनमा ल्याएको छ । मधुवन वासीको घरदेखि घाटसम्म निःशुल्क शव पुर्याउने उद्देश्यले शव बाहन संचालन गरिएको छ । 

नगरपालिकाको आर्थिक बर्ष ०८१/८२ को निति तथा कार्यक्रममा समावेश रहेको कार्यक्रम अन्तरर्गत  लु.प्र.०३–०० झ ००९ नम्वरको शव वाहन संचालनमा ल्याईएको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले जानकारी दिनुभयो । मधुवनमा परिवारको सदस्य गुमाउँदा परिवार नै शोकमा डुबेको अवस्थामा शुल्क तिरेर समेत शव वाहन पाउन मुस्किल हुने अवस्था छ । 

शव वाहन अभावको अवस्थालाई ध्यानमा राखेर मधुवन नगर पालिकामा निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याइएको मधुवन नगरपालिकाका नगर प्रवक्ता मेक बहादुर गुरुङ्गले जानकारी दिनुभयो । नगरवासीको सेवाका लागि शव वाहन सेवा २४ सै घण्टा उपलब्ध हुने र आवस्यक परेमा जुनसुकै बेला नगर प्रमुख, नगर प्रबक्ता, जिन्सी शाखा तथा सवारी चालक प्रकाश थापा मगरलाइ सम्पर्क गरी सेवा लिन सकिने मधुवन नगरपालिकाका जिन्सी शाखा प्रमुख खिम बहादुर भाटले चुरेकुञ्जलाई जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments