कक्षा १२ को नतिजामा जिल्लामै उत्कृष्ट बन्यो बढैयातालको बर्दिया एकेडेमी
दलबहादुर सुनार, २२ साउन, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ मा अवस्थित बर्दिया एकेडेमीले कक्षा १२ को परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लामै उदाहरणीय सफलता हासिल गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ साल वैशाख १४ गतेदेखि सञ्चालन गरेको कक्षा १२ को परीक्षामा एकेडेमीका ६१ जना विद्यार्थी सहभागी थिए ।
साउन १९ गते प्रकाशित नतिजामा सबै विद्यार्थी सफल भएका छन् । नतिजाको विश्लेषण गर्दा, ९ जना विद्यार्थीले ३ दशमलव ६ जीपीएभन्दा माथि प्राप्त गरेका छन् । ५२ जनाले ३ जीपीएभन्दा बढी अंक ल्याएका छन् । समिर बर्सौलाले सबै भन्दा धेरै ३ दशमलव ८२ जीपीए ल्याउन सफल भएको एकेडेमीले जनाएको छ । एकेडेमीका प्रिन्सिपल भोजराज बरालका अनुसार बिगतका वर्षहरूमा पनि एकेडेमीले उल्लेखनीय सफलता हासिलगर्दै आएको थियो ।
२०७४ सालदेखि कक्षा १२ सञ्चालनमा ल्याएको एकेडेमीको पहिलो र दोस्रो ब्याचका विद्यार्थीहरू पनि जिल्लामै प्रथम स्थान ल्याउन सफल भएका थिए । यसपटकको परिणामले एकेडेमीको शैक्षिक गुणस्तर र निरन्तर प्रगतिको पुष्टि गरेको एकेडेमीका प्रिन्सिपल बरालले बताउनु भयो । २०६७ सालमा स्थापना भएको बर्दिया एकेडेमी अहिले जिल्लाकै अग्रणी निजी शैक्षिक संस्थामध्ये एक मानिन्छ । एकेडेमीमा हाल करिब १ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् । ५८ जना शिक्षक र अन्य ३२ गरी ९० जना कर्मचारी खटिएका छन् ।
भौतिक संरचनाका हिसाबले समेत एकेडेमी सुविधासम्पन्न छ । विद्यालयमा आफ्नै यातायात सेवा, शुद्ध खानेपानी, सफा र सुरक्षित भवन, बालमैत्री खेल सामग्री तथा सिकाइमैत्री वातावरण उपलब्ध रहेको प्रिन्सिपल बरालले जानकारी दिनु भयो । उहाँका अनुसार विद्यार्थीको समग्र विकासका लागि शैक्षिक कार्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा पनि एकेडेमीले विशेष ध्यान दिने गरेको छ । हामी नतिजामै मात्र होइन, विद्यार्थीको व्यवहार, नेतृत्व क्षमता, आत्मविश्वास र जिम्मेवारी बोधलाई समेत सँगसँगै विकास गर्ने कुरामा प्रतिबद्ध रहेको उहाँले बताउनु भयो ।
यसपटकको उत्कृष्ट नतिजाले बर्दिया एकेडेमीले शैक्षिक क्षेत्रमै मात्र होइन, विद्यार्थी तथा अभिभावकहरूको विश्वास जित्न समेत सफल भएको देखिन्छ । एकेडेमीले पालिकाले लिने ८ कक्षाको परिक्षा देखि माध्यमीक शिक्षा परिक्षा एसईई र राष्ट्रिय परीक्षा बोर्डको १२ कक्षाको परिक्षामा समेत उल्लेखनिय नतिजा हासिलगर्दै बर्दिया जिल्लामा सस्थागत बिद्यालय मध्ये अब्बल साबितगर्दै आएको एकेडेमीले दावी गरेको छ ।
२४ °C काठमाडौं
Facebook Comments