• २२ असोज २०८२, बुधवार
  • १९ °C काठमाडौं
दशैको पूर्वसन्ध्यामा राजापुरका धार्मिक स्थल सरसफाइ 

केशव कोईराला, ५ असोज, राजापुर (बर्दिया) । दशैँको पूर्वसन्ध्यामा राजापुरको बजारक्षेत्रमा रहेका धार्मिक स्थलको सरसफाई गरिएको छ । स्वच्छ तथा सफा वातावरणमा पर्व मनाउने उद्देश्यले भुपु सैनिक इकाई समिति राजापुर, बर्दियाले विशेष सरसफाइ कार्यक्रम गरेको छ ।

समितिका अध्यक्ष विष्णु थारुले धार्मिकस्थलहरूलाई स्वच्छ राख्नु हरेक नागरिकको कर्तव्य भएको भन्दै समितिबाट आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले नगरपालिकाले सरसफाइलाई प्राथमिकतामा राखेको बताउँदै स्थानीय संस्था र समुदायसँग सहकार्य गरेर धार्मिक र पर्यटकीय स्थललाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता जनाउनुभयो ।

आइतवार समितिका अध्यक्ष विष्णु थारुको अध्यक्षतामा राजापुरस्थित दुर्गा मन्दिर, शिव मन्दिर, राम जानकी मन्दिर र हनुमान मन्दिरको प्राङ्गणमा सरसफाइ गरिएको छ । कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, वडा नम्बर ४ का अध्यक्ष विदुर पोख्रेल, नेपाल रेडक्रस सोसाइटी राजापुर उपशाखाका अध्यक्ष कमल पाण्डे, सशस्त्र प्रहरी, भुपु सैनिक एवं उनका परिवारका सदस्य, समाजसेवी तथा स्थानीय बासिन्दाको समेत सक्रिय सहभागिता थियो ।

सहभागीहरुले सरसफाइ मात्र नभई धार्मिकस्थल वरिपरिको वातावरणलाई सुरक्षित राख्न स्थानीयलाई आग्रह समेत गरेका थिए । सरसफाइ अभियानले दशैँमा मन्दिर पुग्ने भक्तजनलाई स्वच्छ र आकर्षक वातावरण प्रदान गर्ने विश्वास गरिएको छ । अभियान निरन्तरताको कामना गर्दै राजापुरमा ब्यप्त बालबिबाह सचेतिकरन कार्यक्रम गर्न अध्यक्ष बिदुर पोखरेलको आग्रह छ ।

सम्बन्धित समाचार

Facebook Comments