• १९ असार २०८३, शुक्रवार
  • २० °C काठमाडौं
राजापुरका समस्या प्राथमिकताका साथ हेर्छु : निवर्तमान मन्त्री वस्नेत

केशव कोईराला, १९ भदौ, राजापुर (बर्दिया) । नेकपा माओवादी केन्द्रका उप महाँसचिव तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत लगायतको टोलीलाई राजापुरमा स्वागत गरिएको छ । राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले स्वागत गर्नुभएको हो । 

टोली सँग पालिकामा बैठक समेत बसेको छ । बैठकमा नगर प्रमुख थारुले राजापुर नगरपालिकाको सर्वाङ्गिण विकासका निम्ति थप के–कस्ता नविनतम पहलकदमी हरु चाल्न सकिन्छ भन्ने विषयमा सांसद ज्यूहरुले चासो दिनुपर्ने बताउनुभयो । सदस्य बस्नेतले यहाँका समस्याहरुलाई प्राथमिकताका साथमा हेर्ने प्रतिकृया दिनुभयो । 

नेकपा माओवादी केन्द्र राजापुरको आयोजनामा बुधवारबाट बर्दियाको राजापुरमा शुरु भएको पार्टी प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रमा शुभकामना दिदै केन्द्रिय सदस्य वस्नेतले विभिन्न त्याग र वलिदानीका साथ माओवादी केन्द्र यहाँ सम्म पुगेको भन्दै नेपाली जनताको उन्मुक्तिका लागी पार्टीले गरेका परिवर्तन स्मरण गर्न आवश्यक रहेको बताउनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments