• ६ असार २०८३, शनिवार
  • २२ °C काठमाडौं
बढैयातालमा शैक्षिक तथा सरसफाई सामाग्री वितरण   

दल बहादुर सुनार, असार ७, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयातालमा अपाङ्गता भएका बाल बालिकाहरूको लागि शैक्षिक सामग्री र स्वास्थ्य सफाइका सामग्री वितरण गरिएको छ । लुम्बिनी प्रदेश सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्ज बाँकेको आर्थिक सहयोगमा तथा बर्दिया अपाङ्ग पुनस्थापना केन्द्रको आयोजनामा उक्त सामग्री वितरण गरिएको हो ।

बर्दिया अपाङ्ग पुनस्र्थापना केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटाको अध्यक्षतामा तथा बढैयाताल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लल्लान अहिरको प्रमुख आतिथ्यमा वितरण गरिएको सामग्रीबाट ३२ जना बौद्धिक अपाङ्गता भएका बालबालिका लाभान्वित भएका छन् । बढैयाताल गाउँपालिका वडा नम्बर ३ अवस्थित भवनी माविमा रहेको बौद्धिक छात्रवासका स्रोत व्यक्ति तिलक राम पनेरुका अनुसार १६ जना शैक्षिक सामग्रीबाट र १६ जना स्वास्थ्य र सफाई सामग्रीबाट लाभान्वित भएका हुन् ।

स्रोत व्यक्ति पनेरुका अनुसार बौद्धिक अपाङ्गता भएका १० जना छात्र र २२ जना छात्र गरी ३२ जनालाई शैक्षिक सामग्री र स्वास्थ्य सरसफाई अन्तर्गत माक्र्स सरह नहुने साबुन ब्रस मञ्जन आदि रहेको छ । भवानी माध्यमिक बिद्यालय बढैयाताल  ३ सिमरामा बिहिवार भएको सामाग्री वितरण कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष अहिर, बौद्धिक छत्रावासमा रहेका बालबालिकाको विद्यालयका प्रधानाध्यापक धर्म  प्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिरुल हसन जागा लगाएतले बौद्धिक अपाङ्गता भएका बालबालिकाको शैक्षिक  बिकासका लागि प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनु भयो ।

बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि शैक्षिक तथा सरसफाइ  सम्बन्धिका सामाग्री वितरण  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, अभिभावक, पत्रकार विद्यार्थी लगाएको  सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments