माइती नेपाल द्वारा ३ सय १४ जना बालबालिका तथा महिलालाई सेल्टर
मुरली गोडिया, ०३ भदौ, बर्दिया । माइती नेपाल बर्दियाद्वारा ३ सय १४ बालबालिका तथा महिलालाई आवास सहयोग गरिएको छ । अर्थिक वर्ष आर्थिक वर्ष २०८२/०८३ को सामाजिक परीक्षण कार्यक्रममा तथ्यांक प्रस्तुत गरिएको हो ।
वर्ष भरि गरिएको कार्यक्रम तथा सचेतना मुलक कार्यक्रमहरु बारे जानकारी गराइएको माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले बताउनु भयो । वहाँका अनुसार भारतबाट २ जनाको उद्धार, खोजतलास तथा उद्धारकका लागि ७५ जनाको निवेदन परेकोमा २६ जना फेला पारिएको, एक बर्षमा जम्मा ३ सय १० जनालाई परिवारमा पुनस्र्थापना गरिएको बताउनु भयो ।
मानव बेचबिखनमा १ वटा मुद्धा दर्तामा सहयोग गरीएको, जवर्जस्ती करणीमा १४ वटा मुद्धा दर्ता गर्नमा सहयोग गरेको, पिडित संख्या १६ जना रहेको, घरेलू हिंसा सम्बन्धी ३२ उजुरीमा ३० को समाधान गरिएको, ३ सय १४ बालबालिका तथा महिलालाई आवास सहयोग गरिएको, ४ सय १९ जनालाई मनोसामाजिक परामर्श दिइएको, २०९५ सवारी साधन अनुगमन सहित नेपाल भारत सिमाना बाट २२ हजार ४ सय जना लाई सूचना प्रदान गरिएको र २० जनाको पूर्ण स्वास्थ्यउपचार सेवा प्रदान गरिएको बताईएको छ ।
संस्थाले सञ्चालन गरेका गतिविधि, उपलब्धी, चुनौती तथा सेवाग्राहीमा परेको प्रभाव बारे सरोकारवाला समक्ष जानकारी गराइएको थियो । सामाजकि परीक्षण मार्फत अगामी कार्यक्रमलाई थप पारदर्शी, जवाफदेही तथा प्रभावकारी बनाउने जनाइएको छ । महिला तथा बालबालिकाको बेचबखिन तथा ओसार पसारवरिुद्ध काम गर्दै आएको नेपालले बर्दियामा उद्धार, संरक्षण, पुनःस्थापना तथा सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ । गत आर्थकि वर्षमा माइती नेपालले करिब ११ लाख बजेटमा वभिन्नि कार्यक्रम गरेको हो ।
२१ °C काठमाडौं
Facebook Comments