निकास नहुँदा ढलको पानी आँगनमै
मुरली गोडिया, १६ असार, गुलरिया (बर्दिया) । मंगलवार परेको बर्षाका कारण बर्दियाको गुलरिया नगरपालिकाका विभिन्न क्षेत्रहरु जलमग्न भएका छन् । गाउँघरमा ढल निकास नभई पानी तालिँदा घर आँगनमै ढलको पानी जमेको छ ।
गुलरिया नगरपालिका वडा नम्बर ८ का प्रसादी लोधले सडक छेउँमा निर्मित ढलको पानी उचित निकास नभएका कारण आँगनमा भरिएको बताउनु भयो । ढलका कारण बजारको पानी सबै आँगनमा भरिएको उहाँको भनाई छ । फोहर पानी आँगनमा जमा हुँदा समस्या भएकोले पानी निकासको पहल गरिदिन उहाँले चुरेकुञ्ज मार्फत अनुरोध गर्नुभयो ।
लोधले सो कार्यका लागि स्थानीय सरकार समक्ष निवेदन लिइ जादा समेत सुनुवाइ न भएको बताउँदै दुर्गन्धित पानीका कारण नागरिक विभिन्न रोगको सिकार हुनुको साथै अन्य समस्या समेत हुन सक्ने तर्फ सचेत पार्नु भएको छ ।सम्वन्धि निकायले तत्काल समस्या समाधानका लागि पहल गरिदिन उहाँको आग्रह छ ।
२१ °C काठमाडौं
Facebook Comments