बबई बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा दुई प्यानलबिच कडा प्रतिस्पर्धा
चुरेकुञ्ज, १७ चैत्र, बर्दिया । मध्यपश्चिम विश्वविद्यालय बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियाको स्वतन्त्र विद्यार्थी युनियन, (स्ववियू) निर्वाचनमा दुई प्यानल बिच रस्साकस्सी हुने भएको छ । नेपाल विद्यार्थी संघ र अनेरास्ववियूले अन्य विद्यार्थी संगठनहरुलाई जोडेर प्यानल बनाई निर्वाचनमा होमिएपछि चुनावी माहौल तातिएको छ ।
बबई बहुमुखी क्याम्पसको चैत्र १८ गते हुने स्ववियू निर्वाचनको लागि नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), नागरिक विद्यार्थी समाज र समाजवादी विद्यार्थी यूनियन नेपालसहित ४ विद्यार्थी संगठनहरु संयुक्त प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै अनेरास्ववियू र अखिल (समाजवादी) ले प्रगतिशिल संयुक्त प्यानलसहित चुनावी मैदानमा छन् । संयुक्त प्यानलको सभापति पदमा सुन्दरम गुप्ता र प्रगतिशिल संयुक्त प्यानलबाट सभापति पदमा लक्ष्मण भण्डारीको प्यानलबिच प्रतिस्पर्धा हुँदैछ ।
निर्वाचनमा संयुक्त प्यानलबाट सचिव पदमा देबेन्द्र बहादुर थापा र कोषाध्यक्ष सोनम थारु छन् । खुल्ला सदस्यमा शिवा नन्दन यादव, मोहम्मद आसिफ गद्दी, प्रदिप बुढाथोकी, र अञ्जली पाण्डे छन् । त्यस्तै समानुपातिकतर्फ मोहम्मद सैफ हलुवाई, अनुपा चौधरी, अभिषेक सुनार, कमल नयन थारु, विक्रम सुनार, पार्वती थारु र सुस्मिता मगर चुनावी प्रतिस्पर्धामा छन् ।
स्ववियू निर्वाचनमा प्रगतिशिल संयुक्त प्यानलबाट सचिव पदमा निशा कुमारी चौधरी र कोषाध्यक्षमा पारस कुमार बनिया छन् । प्रत्यक्ष सदस्यमा आकृति रावल, कोपिला शाही, प्रविन थारु र मनिषा चौधरी छन् । त्यस्तै समानुपातिकतर्फ रिजवान खाँ, कौशल सापकोटा, सोनु खान र अस्मा कुमारी थारु चुनावी प्रतिस्पर्धामा छन् ।
२५ °C काठमाडौं
Facebook Comments