बारबर्दिया स्थित सरस्वती माविको बार्षिक उत्सवमा रक्तदानसँगै आँखा शिविर
बारबर्दिया, १५ फागुन । बारबर्दिया नगरपालिका वडा नम्बर १ मा रहेको सरस्वती माध्यमिक विद्यालयको ५१ औँ बार्षिक उत्सवका अवसरमा रक्तदानसँगै निःशुल्क आखा शिविर गरिएको छ । सभा तथा सांस्कृतिक कार्यक्रम गरी धुमधामका साथ बार्षिक उत्सव मनाईएको हो ।
आँखा विशिरमा २ सय २९ जनाले आँखा परिक्षण गराएका छन् । त्यस्तै ५१ जनाले रक्तदान गर्नु भएको छ । जसमध्ये ३१ जनाले पहिलो पटक रक्तदान गर्नु भएको छ भने २० जना नियमित रक्तदाताहरुले रक्तदान गर्नु भएको नेपाल स्वयमसेवी रक्तदाता समाज बारबर्दियाका अध्यक्ष गंगाराम पाठकले जानकारी दिनुभयो । सरस्वती माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रम सोसाईटी जिल्ला शाखा बर्दिया, शिवगंगा आँखा उपचार केन्द्र गुलरिया बर्दियाले गरेको थियो ।
सहआयोजकको रुपमा नेपाल स्वयमसेवी रक्तदाता समाज बारबर्दिया नगर समिति, नेपाल रेडक्रम सोसाईटी बारबर्दिया उपशाखा रहेको बताईएको छ । सममन्वयको रुपमा बारबर्दिया नागरिक समाज लगायत बिभिन्न संघसस्था तथा विद्यालयहरुले गर्नु भएको विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा बारबर्दिया नगरपालिकाकी नगर उपप्रमुख रत्नकुमारी पाण्डे, वडा नम्बर १ का वडा अध्यक्ष कैलासपति थारु, वडा स्तरीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय अगुवा तथा बुद्धिजीवि, शिक्षकहरुको सहभागीता रहेको थियो । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सन्तराम थारुको सभाध्यक्षतामा भएको थियो ।
२७ °C काठमाडौं
Facebook Comments