• १३ असार २०८३, शनिवार
  • २५ °C काठमाडौं
बर्दियामा फोटो तथा  भिडियोग्राफी  ब्यवसायी संगठीत

बर्दिया । फोटोग्राफर तथा भिडियोग्राफी एसोसिएसन, बर्दियाले जिल्लाका आठओटा पालिकाहरूमा आफ्नो शाखा विस्तारको कार्य सम्पन्न गरेको छ । शनिबार गुलरिया नगरपालिका शाखा बिस्तार गरिएपछि जिल्लाका आठ वटै पालिकाहरूमा शाखा विस्तार गर्ने कार्य सम्पन्न भएको एसोसिएसनका जिल्ला सचिव भुपाल बहादुर पुनले जानकारी दिनुभयो । 


मलखेराम थारुको अध्यक्षतामा गुलरिया नगरपालिकाको शाखा विस्तार गरिएको हो । उपाध्यक्षमा राम सुरत यादव, सचिव रामलखन चौधरी, कोषाध्यक्षमा कृष्ण थारु रहनुभएको छ । त्यस्तै सदस्यहरुमा पदम थापा, मनोज कुमार कार्की, राज कुमार थारु, सपना के. सी., सरिता सिग्देल, पवन पौडेल र सिर्जना देवकोटा चयन हुनुभएको जिल्ला अध्यक्ष केशव प्रसाद रिजालले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थित शिक्षक तथा संस्कृतिकर्मी प्रभात सुवेदीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ ।


जिल्लामा रहेर फोटो तथा भिडियोग्राफीगर्दै आएका व्यवसायीहरुलाई संगठितगर्दै व्यवसायिक अनुभवहरू आदान प्रदानसँगै व्यवसायिक अधिकाहरूलाई स्थापित गर्नका लागि एसोसियसनको स्थापना गरिएको अध्यक्ष रिजालले बताउनुभयो । बढ्दो महँगीलाई मध्यनजरगर्दै विगत बा¥ह्र वर्षपछि जिल्लाभर फोटो तथा यससँग सम्बन्धित कार्यहरूको दररेटमा समायोजन गर्दै एकरुपता कायम गरिएको अध्यक्ष रिजालले बताउनुभयो । 

सम्बन्धित समाचार

Facebook Comments