फड्कोमार्दै ठाकुरबाबाको शिक्षक कल्याण सहकारी
हरि गुरुङ, मधुवन (बर्दिया) । शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बगनाहा स्थित चुरे माध्यमिक विद्यालयको सभाहलमा २८ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकाका नगरप्रमुखको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन शत्र गरिएको हो ।
साधारण सभाको उद्घाटनगर्दै प्रमुख अतिथि तिलकराम लम्सालले शिक्षक कल्याण सहकारीले सहकारीका मूल्य मान्यतालाई आत्मसाथगर्दै सेयर सदस्य शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धिका साथै शिक्षाको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो । शिक्षकहरुलाई आधुनिक प्रविधियुक्त वनाउन शिक्षक कल्याण सहकारीले संचालन गर्न लागेको एक शिक्षक, एक ल्यापटप कार्यक्रमका लागि ठाकुरबाबा नगरपालिकाको तर्फबाट सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।
शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यज्ञप्रसाद नेपालको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुंगाना, राष्ट्रिय सहकारी बैंक भुरिगाऊँका प्रमुख किरण खत्री र संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार समिति संयोजक कृष्णप्रसाद पौड्यालले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नु भयो । साधारण सभाले अध्यक्षको प्रतिवेदन, सचिव असिम कुमार पौड्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९÷०८० को प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष शान्ति शर्माको आर्थिक तथा लेखा परिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक हेमराज तिमल्सिनाद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।
साधारण सभाको अवसरमा सेवानिवृत शिक्षक रामबहादुर खड्का र पृथ्Þवी बहादुर चौधरीलाई सम्मान गरिएको छ । यसैगरी उच्चतम बचतकर्ता, अधिकतम सेयर खरिदकर्ता, उच्चतम सन्तती बचतकर्ता र असल ऋणीलाई सम्मान गरिएको थियो । २०५२ सालमा स्थापना भएको संस्थामा हाल २ सय ३७ सदस्य र ३८ लाख ९८ हजारको सेयर पुंजी सहित ३ करोड ६६ लाख रूपैया बराबरको कारोबार रहेको अध्यक्ष नेपालले जानकारी गराउनु भयो ।
२५ °C काठमाडौं
Facebook Comments