• १३ असार २०८३, शनिवार
  • २६ °C काठमाडौं
डल्ला होमस्टे मार्फत आयआर्जनगर्दै महिला

यादव आचार्य, गुलरिया । खेतबारीमा मात्र कामगर्ने अनुभव सँगालेकी मधुवन नगरपालिका वडा नम्बर ४ स्थित सूर्यपटुवाको डल्ला खाता जैविकमार्ग होमस्टे संचालन गर्न थालेपछि चम्फी योगीथारु आर्थिक रुपमा सबल बनेकी छिन् । डल्लामा होमस्टे संचालनगर्दै आएका २० घरका महिलाहरु जिविकोपार्जनगर्दै घरपरिवार चलाउन थालेका हुन् । थारु समुदायहका ग्रामिण महिलाहरु जैविकविविधता संरक्षणगर्दै यतिखेर पर्यटक घरमै भित्र्याएर आम्दानी गर्न सफल बनेका हुन् । 


घरखर्च चलाउन मुस्किल थियो । जतिबेला होमस्टे संचालन थिएन । खेतीपातीको काम मात्र गर्नुपथ्र्यो । होमस्टे चल्न थालेपछि घरखर्च मात्र होईन आम्दानीले परिवार पाल्न सक्षम बनाएको छ डल्ला होमस्टे घर नम्बर १४ की संचालक चम्फी योगीथारुले भनिन् । डल्लामा २० घरले होमस्टे संचालनगर्दै आएका छन् । होमस्टे संचालन गर्न पाउँदा महिला बालवालिका लाभान्वित भएका छन् । होमस्टेमा थारुपरिकार खान, सँस्कृति हेर्न, बस्ने प्रवन्ध छ । होटलमा भन्दा सस्तोमा होमस्टेले सेवा दिदै आएका छन् । तिनीहरुको आशातित प्रर्बद्धन भने हुन सकेको छैन । सरकारले निर्माण गरेको ग्रामिण पर्यटन विकास निति अनुसार होमस्टेहरु संचालन गर्न सके होमस्टे संचालन गरेका गाउँहरुमा कोही पनि बेरोजगार नहुने खाता जैविकमार्ग होमस्टे ब्यवस्थापन समिति डल्लाका अध्यक्ष परशुराम थारुले बताए । 


डल्ला होमस्टेमा थारु परिकार, संस्कृति, संस्कार लगायत यहाँको जैविकविविधता अवलोकन गर्न पर्यटकहरु आउछन् । उनले भने सरकारले होमस्टे पुग्ने सडक, विद्युत, स्वास्थ्य, सूचना सञ्चार एवम् यातायात लगायतको भौतिक पूर्वाधार बिकास नगरेसम्म होमस्टेले फड्को मार्ने सम्भावना छैन । जाती, समुदायहरुको साँस्कृतिक खुला संग्राहालयहरु पनि स्थापना गर्नुपर्ने आवस्यकता छ । नेपालमा पर्यापर्यटनको यथेष्ट सम्भावना रहेपनि भौतिक पूर्वाधार लगायत राज्यको उदासीनताका कारण पर्यटन ब्यवसाय आशातित रुपमा फस्टाउन सकेका छैनन् । नेपालमा पर्यटन बर्ष मनाउने क्रममा खोलीएका होटल ब्यवसाय एवम् होमस्टेहरु यतिखेर आर्थिक मन्दीको मारमा छन् । बर्दियाका विभिन्न पालिकामा होमस्टे संचालनमा छन् ।


पर्यटकिय सम्भावना बोकेको मधुवन नगरपालिकामा नेपालकै लामो गेरुवा (कर्णाली) पर्यटकिय पुल, खाता जैविकमार्ग, ताराताल लगायतका पर्यटकिय गन्तब्य रहेको मधुवन नगरपालिकाका नगरप्रवक्ता मेखबहादुर गुरुङले बताए । डल्ला होमस्टेमा वेलायती राजकुमार ह्यारीले पनि अवलोकन गरीसकेका छन् । पालिकाले पर्यटकिय क्षेत्रको पूर्वाधार विकासमा योजना अघि सारेको उनले सुनाए । कोभिड १९ र त्यसपछिको आर्थिक मन्दी लगायत पर्यापर्यटन बिकासमा सरकारको उदासीनताले पर्यटन ब्यवसायीहरु मारमा परेका छन् । ब्यवसायीको क्षमता लगायत पर्यटकको मौखिक प्रचारका आधारमा नेपालको पर्यटन ब्यवसाय स्थिर बनेपछि ब्यवसायीहरु चिन्तासँगै अन्यौलमा छन् । 


बर्दियाको पर्यटकिय गन्तब्य ठाकुरद्वारामा पर्यटक भित्र्याउने उद्देश्यले धुमधामका साथ पर्यटन दिवस मनाउन लागेको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विना भट्टराईले भनिन् । पर्यटकलाई लक्षितगर्दै खोलिएका होटल ब्यवसाय तथा होमस्टेहरु पाहुनाको पर्खाईमा छन् । बर्दिया जिल्ला पर्यटनको अथाह सम्भावना बोकेको छ । यहाँ जैविक विविधता, साँस्कृतिक सम्पदा, धार्मिक धरोहर, कृषि उपज, नदीजन्य श्रोत लगायतका पर्यटनको प्रचुर सम्भावना छ । उपप्रमुख भट्टराईले थपिन् पर्यटनसँग जोडिएका थुप्रै होटल ब्यवसाय, होमस्टे संचालनमा छन् । प्रचारप्रसारको अभावमा ओझेलमा परेपछि ठाकुरबाबा नगरपालिका लगायत पर्यटन ब्यवसायीले पर्यटक भित्र्याउन पर्यटन दिवसको अवसर पारेर अभियान शुभारम्भ गरेका छन् । बर्दिया पर्यटनको मात्र होईन पर्यापर्यटनको पनि अथाह सम्भवना भएको जिल्ला हो । पर्यटकले जैविकविविधाको आनन्दसँगै थारु लगायत विविध समुदायको साँस्कृतिक विविधता पनि अवलोकन गर्न पाउछन् । सरकारले यहाँको दीगो पर्यापर्यटन संरक्षणगर्दै भौतिक पूर्वाधारहरुको यथाशिघ्र बिकास अघि बढाउनु जरुरी रहेको उनी बताउँछिन्  । 

सम्बन्धित समाचार

Facebook Comments