बजार अनुगमनमा तिब्रता, उपभोक्ता सचेत हुन आग्रह
बर्दिया । चार्ड पर्वलाई लक्षित गरी गुलरिया, राजापुर, गेरुवा र बाँसगढी नगरपालिका भित्रका बजारहरु अनुगमन गरीएको छ । जिल्ला प्रशासन कार्यालय बर्दिया र घरेलु तथा साना उद्योग कार्यालय बर्दियाको संयुक्त आयोजनामा तथा स्थानीय सरकार बाँसगढी नगरपालिका, बाँसगढी उद्योग बांणिज्य संघ, सुरक्षकर्मी र संन्चारकर्मी लगायतको उपस्थितिमा मंगलबार बाँसगढी र लखना चोकका खाद्यन्न तथा किराना पसलहरु अनुगमन गरीएको हो ।
अनुगमनका क्रममा १५ वटा किराना पसल, १ वटा मासु पसल, होटेल २ वटा, फेन्सी पसल १ वटा र फलफुल पसल १ वटा गरी जम्मा २३ वटा पसलहरु अनुगमन गरीएको थियो । केही पसलहरुबाट म्याद गुज्रिएका ६ हजार ६६० रुपैया मुल्य वरावरको समाग्रीहरु बरामद गरी नष्ट गरीएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत लोक प्रसाद ढकालले बताउनु भयो । उहाँका अनुसार बिगतको भन्दा अहिले बजारमा सुधार हुदै गए पनि पुर्ण रुपमा भने अझै सुधार नभएको देखिन्छ । सरोकारवाला निकायहरुले एक दुई पटक अनुगमन गर्दैमा उपभोक्तहरुको हकअधिकार सुनिश्चित नहुने प्रशासकिय अधिकृत ढकालले बताउनु भयो ।
जवसम्म उपभोक्तहरु कुनै पनि समान लिदै गर्दा त्यो समानको मुल्य के कति हो, म्याद गुर्जेको छ छैन र बिल लिने कुरामा सचेत हुदैनन् तव सम्म पुर्ण रुपमा गुणस्तरीय समान उपभोक्तहरुले पाउन नसकिने बताउनु भयो । त्यस्तै बाँसगढी नगरपालिकाका उप प्रमुख इन्दिरा कुमारी चौधरीले उपभोक्तहरुको गुनासो लाई मध्येनजर गर्दै, ब्यपारीबाट उपभोक्ताहरु कोही पनि नठगिउन र गुणस्तरीय सामान खरिद गर्न पाउन भन्ने उद्देश्यले अनुगमन गरेको बताउनु भयो । अनुगमनको क्रममा पसलको मुल्य सूचि र सरसफाईमा ध्यान दिन ब्यपारीहरुलाई सल्लाह सुझाव दिदै म्याद गुर्जेका समानहरु अव देखि नबेच्न समेत लिखित रुपमा प्रतिबद्धता गराएको उप प्रमुख चौधरीले बताउनु भयो ।
आगामी दिनमा यि प्रक्रिया पुरा नगरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी समेत दिईएको बताउनु भयो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत लोक प्रसाद ढकाल, बाँसगढी नगरपालिकाका उप प्रमुख इन्दिरा कुमारी चौधरी, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत बिश्वलाल खड्का, अधिकृत पुर्णमान वली, तथ्याङक सहायक भिम बहादुर थापा, जिल्ला प्रशासनका ना.सु निराजन शर्मा, उपभोक्ता मंञ्च बर्दियाका रुपा बजगाई, बाँसगढी उद्योग बणिंज्य संघका अध्यक्ष बद्रिनाथ बराल, महासचिव बिकास गौतम, सुरक्षकर्मी, संन्चारकर्मी लगायतको टोलीले अनुगमन गरेको थियो ।
२५ °C काठमाडौं
Facebook Comments