• १३ असार २०८३, शनिवार
  • २५ °C काठमाडौं
किसानहरुको अभिभावकबन्दै साना किसान सहकारी 

मुरली गोडिया, गुलरिया (बर्दिया) । श्रीसाना किसान कृषि सहकारी संघ लिमिटेड बर्दियाले  १४ औं साधारण सभा सम्पन्न गरेको छ ।  संघका अध्यक्ष हरि बहादुर अधिकारीको अध्यक्षतामा गुलरियामा शुक्रवार औपचारिक कार्यक्रम गर्दै ८ ओटै पालिकाका सहकारीमा आबद्ध सदस्यहरुको उपस्थितीमा कार्यक्रम गरिएको हो । 


संघका अध्यक्ष अधिकारीले सस्थाको वार्षिक निति, कार्यक्रम तथा बजेट प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । साना किसान सहकारी संस्थाको पुंजी धेरै ठुलो भईसकेको जानकारी गराउँदै पँुजीलाई लगानी गर्दा सावधानी अपनाउनु पर्ने आवश्यकता रहेको अधिकारीले जोड दिनु भएको छ । लगानी गर्ने विषयमा सावधानी नअपनाए कानुनी प्रक्रियाबाट पनि असुल उपर गर्नको निम्ति कठिनाई आईपर्ने बताउनु भयो । सदस्यहरुको संस्था प्रति अपनत्वको भावना जागृत हुनुपर्ने आवश्यकता रहेको औंल्याउनु भयो । सहकारी संस्था प्रति लाग्दै आएको आरोपबाट मुक्त हुने गरि कार्यगर्न निर्देशन दिनु भयो । अध्यक्ष अधिकारीले बर्दियाका सहकारी तथा किसान एवं कृषिको अभियानलाई सफल बनाउन अनव्रत रुपमा लागि रहेको हुनाले आगामी दिनहरुमा प्रत्येक कार्यालयहरुमा अनुगमन गर्ने कुरामा जोड दिनुभयो । 


कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि सहकारी संघका केन्द्रिय उपाध्यक्ष पुर्ण शर्माले बर्दिया जिल्ला समस्या नै समस्या संग गुज्रीरहेता पनि ए प्लस अंक ल्याएर पुरस्कृत भएको र नेपालगंज शाखाको कुल लगानी ४ अर्बको ५५ प्रतिशत ऋण खेलाएकोमा आफुलाई खुशी लागेको बताउनु भयो । गाउँ गाउँमा आधारभुत तहमा गई शेयर सदस्यहरुलाई संस्था प्रति अपनत्वको भावना जगाई नाफा नोक्सानको समेत वहन कसरी गर्ने भन्ने विषयमा सचेतनाको आवश्यकता रहेको औल्याउनु भयो । संस्था बारे थप गहिराईमा जानकारी दिन उत्कृष्ट अधिवक्ता ल्याई सहकारीको ऐनको बारेमा वुंदावुंदा अध्ययन गर्न र बुझन जरुरी रहेको शर्माले जोड दिनु भयो । सहकारीमा आवद्ध व्यक्ति वा संचालकहरु दुवै समयमा सचेत वा चिन्तित हुन नसके भोलीका दिन गाह्रो पर्नेतर्फ सचेत पार्नुभयो । 


उत्पादित बस्तुको बजारीकरण गर्न नसके तापनि उत्पादन गरेको बस्तु खराब नहुने र नसड्ने बस्तुको बजारीकरण गर्न सकिने भएकोले सुरुवात गर्न संघलाई शर्माले अनुरोध गर्नुभयो । १४ औं साधारण सभाको उद्घाटन सत्रमा साना किसान कृषि सहकारी संघ नेपालगंजका वितिय शाखा प्रबन्धक शेर बहादुर चौधरी, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, साना किसान कृषि सहकारी संघ, लुम्बिनी प्रदेश सदस्य सिता अर्याल लगाएतका वक्तहरुले शुभकामना मन्तब्य राखेका थिए ।  कार्यक्रममा संस्थाका अध्यक्ष तथा संचारकर्मीहरुको पनि सहभागीता रहेको थियो । श्री साना किसान कृषि सहकारी संघ लिमिटेड गुलरिया बर्दियाको कार्य समितिमा अध्यक्ष हरि बहादुर अधिकारी, उपाध्यक्ष प्रतिमा चौधरी, सचिव डम्बर के.सी., कोषाध्यक्ष कमला अधिकारी, सदस्यहरुमा जगनाथ कडेल, सन्तोष चौधरी, शोभाखर उपाध्याय रहनु भएको संस्थाका अध्यक्ष अधिकारीले जानकारी गराउनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments