बारबर्दियामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरिँदै
बारबर्दिया, ३ चैत्र । बारबर्दिया नगरपालिकाको वडा नम्बर ३ मा शनिवार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुँदैछ । बारबर्दिया नगरपालिकाको आयुर्वेद शाखा जयनगरको आयोजना तथा नेपालगंज आयुर्वेद जनरल अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन हुन लागेको हो ।
शिविरमा उच्चरक्तचाप, मधुमेह, नसा च्यापिएको ढाँड दुख्ने, हाँत खुट्टा दुख्ने, पोल्ने, झम्झमाउने, पत्थरी, पिसाव पोल्ने, पिनास, स्वास (दम), काश (खोकी), छाला सम्बन्धी रोग, सेतो पानी बग्ने, महिनावारी गडबडी, पाइल्स, फिस्टुला जस्ता विभिन्न रोगको समस्याको निःशुल्क रुपमा दक्ष आयुर्वेद चिकित्सक डाक्टर सुरेश पुन, डाक्टर सिवराज सुबेदी र डाक्टर मनोजकुमार यादबद्धारा बिरामी जाँच गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
शिविरमा निःशुल्क रुपमा औषधी, सुत्केरी आमालाई दुग्धवर्धक औषधी निःशुल्क रुपमा वितरण गर्ने कार्यक्रम रहेको आयुर्वेद शाखा जयनगरका प्रमुख कमलेस पासवानले जानकारी गराउनु भएको छ । शनिवारका दिन बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म वडा नम्बर ३ को कार्यालयको प्राङ्गणमा सेवा लिनको लागि स्थानिय सेवाग्राहीलाई बारबर्दिया नगरपालिकाको आयुर्वेद शाखा कार्यालय जयनगर बर्दियाले आह्वान गरेको छ ।
२७ °C काठमाडौं
Facebook Comments