• १० असार २०८३, बुधवार
  • २७ °C काठमाडौं
बारबर्दियाको आर्युवेद शिविरमा २ सय ५० जनाको स्वास्थ्य परिक्षण  

बारबर्दिया, ४ चैत । बारबर्दिया नगरपालिका आयुर्वेद शाखा अन्तरगत मगरागाडी आयुर्वेद औषधालयको आयोजना तथा नेपालगंज आयुर्वेद जनरल अस्पताल नेपालगंज १० आर्दशनगर बाँकेको प्राविधिकि सहयोगमा बारबर्दिया ३ रामपुरमा सम्पन्न स्वास्थ्य शिविरमा २ सय ५० जनाले आयुर्वेद सेवा लिएका छन् । शिविरमा आयुर्वेद चिकित्सक डाक्टर सुरेश पुन, डाक्टर शिवराज सुबेदी र डाक्टर मनोजकुमार यादबद्धारा बिरामी जाँच तथा परामर्श गरिएको थियो । 

शनिवार आयोजित शिविरमा नगरप्रमुख छबिलाल थारुले बारबर्दिया नगरपालिका अन्तरगतका सम्पुर्ण स्थानीय नागरिकहरुलाई आयुर्वेदको सेवाबाट बिभिन्न रुपमा जटिल तथा नसर्ने रोगको ब्यबस्थापनमा महत्वपुर्ण भूमिका हुने बताउनु भएको छ । आगामी दिनमा अझै प्रभावकारी रुपमा सबै वडाहरुमा आयुर्वेदको सेवा पुर्याउने लक्ष्य रहेको उहाँले जानकारी गराउनु भयो । बिशिष्ट अतिथि मैकुलाल बाल्मीकीले नेपालगंज जनरल आयुर्वेद अस्पताल बाँकेले बर्दियामा बिभिन्न स्थानीय तहसंग समन्वय गरि आयुर्वेदको विशिष्टकृत सेवा दिन तयार रहेको बताउनु भएको छ । आयुर्वेद स्वास्थ्य सेवाबाट जन समुदायमा कसरी स्वास्थ्य जीवनशैली अपनाउने बारेमा अस्पतालले सहयोग गर्न आवश्यक रहेको बताउनु भयो । 

कार्यक्रममा प्रशासन प्रमुख पदमा थापा, संजय मल्ल, रजफ अलि अंसारी तथा मगरागाडी आयुर्वेद औषधालयका बरिष्ठ बैध कमलेस पासवान रहनु भएको थियो । स्वास्थ्य शिविरमा आयुर्वेदका सम्पुर्ण रोगहरु पाईल्स, फिस्टुला, महिला सम्बन्धी सम्पुर्ण रोग, जेष्ठ नागरिक सेवा, स्तनपान कार्यक्रम, तथा जनरल आयुर्वेद सम्बन्धी सम्पुर्ण रोगहरुको सेवा दिईएको छ । उक्त कार्यक्रमको संचालन औषधालय प्रमुख डाक्टर सुरेश पुनले गर्नु भएको हो । शिविरमा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुको प्रमुख आतिथ्यता तथा संविधानसभा सदस्य तथा नेपालगंज हेल्थ क्याम्पस नेपालगंज जनरल आयुर्वेद अस्पतालका प्रबन्ध निर्देशक मैकुलाल बाल्मीकी बिशिष्ट अतिथि, नेपालगंज हेल्थ क्याम्पसका प्रमुख प्रभाकर मिश्र बारबर्दियाका जनप्रतिनिधिहरु सहभागी थिए । 

सम्बन्धित समाचार

Facebook Comments