किनमेल नहुँदा बजार सुनसान
अफजल खान, गुलरिया (बर्दिया) । चाडपर्व नजिकिदाँ पनि बर्दिया जिल्लाको सदरमुकाम गुलरिया लगायत सबै पालिकाका बजारहरु अहिले सुनसान छ्न । चाडपर्वको बेला बजार सुनसान हुँदा व्यवसायीहरुमा निराशा छाएको छ ।
दिन प्रति दिनको व्यापार घाटाले उद्योगी व्यवसायीले बैंकको ऋण तिर्न सकेको छैनन् । चाडपर्व नजिकिदै गर्दा पनि बर्दिया जिल्लाको सदरमुकाम गुलरिया लगायतका बजारहरु सुनसान रहेका छन् । दशैंको मुखमा बजारमा चहल पहल नहुँदा उद्योगी व्यवसायीहरु मारमा परेका छन् । बैंकको बदलिएको निति नियमको कारण देशमा थप आर्थिक संकट उत्पन्न भएको व्यापारीहरुको गुनासो छ । जसका कारण उपभोक्ताहरुको आम्दानी कम हुँदै गएकोले पनि यसको नकारात्मक असर व्यापारीहरुमाथि परेको छ । बैंकहरुले चर्को ब्याज दर कायम गरेसंगै व्यापार कर्जा समेत झन्झटिलो बनाउँदै गएकोले जिल्लाका व्यापारीहरु पलायन हुने अवस्थामा पुगेको स्थानीय व्यवसायीहरुको गुनासो छ ।
बर्दिया जिल्लामा चौतर्फी रुपमा रहेको भारतसंगको खुल्ला सिमाना र चोरी पैठारीका कारण पनि नेपाल तर्फको व्यापार धरासायी भएको छ । कर छलेर भारतबाट दैनिक उपभोग्य वस्तु ल्याउन बोर्डरमा सहजै वातावरण रहेको कारणले पनि गुलरिया लगायत जिल्लाका बजारहरु ओरालो लाग्नुको मुख्य कारण रहेको व्यवसायीहरुले सुनाउँछन् । सरकारले मुलुकमा आर्थिक संकट उत्पन्न नभएको दावी गरेपनि दिन प्रति दिनको व्यापार घाटाले उद्योगी व्यवसायीले बैंकको ऋण तिर्न सकेको छैनन् । चाडपर्वको समयमा थोरै भएपनि व्यापार हुने आस गरेका व्यापारीहरुले दशैं भित्री सक्दा समेत बजारको अवस्थामा सुधार नआएपछि केही व्यापारीले आफ्नो पसल खाली गरिसकेका छन् भने केहीले पसल बिक्री गर्न सूचना गरिरहेका छन् ।
२५ °C काठमाडौं
Facebook Comments