राजापुर बसपार्कमा सटर निर्माणको शिलान्यास
केशव कोईराला, राजापुर (बर्दिया) । राजापुर नगरपालिकाको व्यवसायीक भवनको सिलान्यास गरिएको छ । राजापुर नगरपालिका वडा नं ४ बसपार्कमा १४ सटर सहित महिला पुरुष शौचालय रहने गरी ब्यवसायिक भवनको शिलान्यास गरिएको छ ।
राजापुर नगरपालिकाको आन्तरिक श्रोतबृद्धी गर्ने उदेश्यले भवन निमार्ण गरिन लागेको हो । बैदिक कर्म अनुसार पुजा आराधना सहित राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले गर्नुभएको शिलान्यास कार्यक्रममा राजापुर नगरपालिका वडा नं ४ का अध्यक्ष बिदुर पोख्रेल, पुजारी, निमार्ण कम्पनी प्रतिनीधि, पत्रकार सहभागी थिए ।
संघिय आयोजना कार्यन्वयन एकाइको १ करोढ ६८ लाख ११ हजार रुपैया बरावरको लागतमा निमार्ण गरिन लागेको भवनको ठेकेदार कम्पनी गाल्वा जेके÷एमएस जेभीले निमार्णको सम्झौता गरेको छ । भवनको २०८१ असार मसान्त भित्र काम सिध्याउने गरि ठेक्का सम्झौता भएको निमार्ण कम्पनीका प्रतिनीधि प्रभात शाहले जानकारी दिनुभयो ।
२५ °C काठमाडौं
Facebook Comments