सोनाह गाउँका कृषकलाई उन्नत मसुरोको बीउ
हरि गुरुङ, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ स्थित सोनाह गाउँमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय गुलरिया बर्दियाले किसानहरुलाई उन्नत जातको मसुरोको बीउ वितरण गरेको छ । ३० विगाह क्षेत्रफलमा गरिने मसुरो खेतीका लागी ६६ जना किसानलाई बीउ वितरण गरिएको हो ।
जसअनुसार ९ कुन्टल खजुरा १, २ र ३ जातका बीउ बालीबस्तु विशेष सघन ब्यवसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम अन्तर्गत वितरण गरिएको छ । वितरण कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेस संसद तथा नेपाली कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिना, एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय गुलरिया बर्दियाका प्रमुख सागर ढकाल, मधुवन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष नारायण मल्ल, कार्यपालिका सदस्य कृष्ण परियार लगायत गाउँ बड्घर र स्थानीय किसानहरुको सहभागी थिए । प्रमुख अतिथि तिमिल्सिनाले ८५% कृषिमा आधारित किसान भएपनि नेपालको तथ्यांक अनुसार जम्मा ६५ प्रतिशत मात्रै कृषिमा आश्रित रहेको बताउनु भयो । हामी बर्दियाली किसानका छोरा हौ । हाम्रो क्षेत्रमा ९० % कृषिमा आश्रित बनाउन चाहान्छौ तर हाम्रो कमजोरी पनि छ ।
उहाँले भन्नुभयो रोजगार दिन सकेका छैनौ । गाउँमा भएका युवाहरु विदेश पलायन हुन बाध्य छन् । कृषिमा आर्कषण दिन प्रतिदिन घटदै गैरहेको छ । अब कृषिमा जोड दिनुपर्ने आवस्यक छ । कृषि कार्यालयका प्रमुख ढकालले किसानसँग नयाँ बिउका जात पुगुन भन्ने उदेश्यले उन्नत जातको मसुरो बीउ वितरण गरिएको बताउनु भयो । २०% बीउ राम्रो भयो भने उत्पादन बढ्छ । प्रत्येक ३/३ बर्षमा बीउ फेर्नुपर्ने सिद्धान्त छ । मधुवन नगरपालिका वडा नं २ सोनाह गाउँ मसुरो खेतीका लागी उपयुक्त जमिन छ । मसुरो कार्तिक १५ गतेभित्र छरिसक्नु पर्ने हुन्छ । प्राविधिक कुनै समस्या पाए हामी सधैं किसानसँगै छौ । उहाँले भन्नुभयो मसुरो छर्दा बीउ बचिहालेमा त्यसलाई नखानु होला र पशुपंक्षीलाई समेत नखुवाउनु होला भनी सुझाव समेत दिनु भयो ।
२५ °C काठमाडौं
Facebook Comments