• १३ असार २०८३, शनिवार
  • २५ °C काठमाडौं
अबैध माछा खुलेआम बेचबिखन, प्रहरी बेखबर  

दल बहादुर  सुनार, बढैयाताल (बर्दिया) । बर्दियाका विभिन्न बजार क्षेत्रमा खुलेआम अवैंध माछा बिक्री वितरण हुँदा समेत प्रहरी बेखबर भएको माछा पालक किसानहरुको आरोप छ । सिमा क्षेत्रमा खटिएका  प्रहरीको भुमिका फितलो हुँदा अबैध माछा नेपाल भित्रीने र बढैयाताल लगायत बर्दियाका विभिन्न  बजारमा खुलेआम बिक्रीवितरण हुने गएको छ ।   


माछा जोन बर्दियाका अध्यक्ष तथा बढैयाताल गाउँपालिका वडा नम्बर ७ का पुर्ब अध्यक्ष ईन्द्र प्रसाद लुइँटेलले सिमा क्षेत्रमाबाट अबैध माछा नियन्त्रण गर्न सुरक्षा निकायलाई दबाब दिन बाध्य भएको    बताउनु भयो । अबैध रूपमा दिनडाहाडै माछा नेपाल भित्रीने र स्थानीय बजारमा बिक्री वितरण हुँदा   माछा पालक किसानको ब्यवसाय धरापमा परेको भन्दै अबैध माछा नेपाल भित्रीन र बिक्री वितरणमा पुर्ण रूपमा निषेध गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गरेको अध्यक्ष लुइँटेलको भनाई छ ।   सिमा क्षेत्रमा खटिएका प्रहरीकै मिलेमतोमा अबैध रुपमा माछा नेपाल तर्फ भित्रीने गरेकोभन्दै घटना दोहोरिए थप दबाबमुलुक कार्यक्रम गरिने अध्यक्ष लुइँटेलले चेतावनी दिनुभयो । 


सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म (बिओपी) कण्ठपुर बर्दियाले आइतबार नियन्त्रणमा लिएको माछा नष्ट गर्ने क्रममा सहभागी माछा पालन किसानले माछाको अवैध आयात रोक्नुपर्ने बताएका छन् ।  बिओपी कण्ठपुरका प्रमुख डिएसपी मोहन के.सी.ले आरोपको खण्डनगर्दै बिगतमा के भयो त्यो मलाई  थाहा भएन असोज १५ गते कार्यालयको जिम्मेवारी सम्हालेदेखी सिमा क्षेत्रमा कडाइमा कमि नभएको  दाबीगर्दै कुनै पनि तस्करसँग सेटिङ नभएको प्रष्ट्याउनु भयो । बिओपी कण्ठपुर बर्दियाले आइतबार  नियन्त्रणमा लिएका बैखा जातको अन्दाजी ६० किलो परिमाणको माछा स्थानीय सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको छ ।


नियन्त्रणमा लिईएको माछा नष्ट गर्ने क्रममा सिमा क्षेत्रबाट हुने चोरी पैठारीमा थप कडाइ गर्न  स्थानीय सरोकारवाला र सिमा सुरक्षाबल बिओपी कण्ठपुरका प्रमुख बीच छलफल भएको छ । छलफलमा बढैयाताल गाउँपालिका वार्ड नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेल, २ नं.का वडा अध्यक्ष  डिलादेब गिरी, माछा जोन बर्दियाका अध्यक्ष, कालिका मत्स्य पालन कृषक सहकारीका सचीव शिव आचार्य, कोषाध्यक्ष बसन्त सिंह ठकुरी, कालिका प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक पुर्ण  बहादुर बोहरा लगाएतको उपस्थित रहेको सशस्त्र प्रहरी सहायक निरीक्षक लौटन थारुले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments