बाँसगढीको मगरपुरटोल पूर्ण स्वस्थकर ब्यवहार उन्मुख घोषणा
विन्दु चौधरी, २७ चैत, बाँसगढी (बर्दिया) । बर्दियाको बाँसगढी नगरपालिका वडा नं ४ को मगरपुर टोललाई पुर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजनागर्दै पूर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा गरिएको हो ।
बाँसगढी नगरपालिकाको पुर्ण स्वस्थकर ब्यवहार कार्य निर्देशिका २०७९ बमोजिम सरसफाईका लागी सवै सूचकहरु पुरा गरेपछि मगरपुर टोलका १ सय ७७ घरधुरीलाई पुर्ण स्वस्थकर ब्यवहार उन्मुख टोलका रुपमा घोषणा गरिएको बाँसगढी नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक तथा वास फोकलपर्सन कुलबहादुर विष्टले बताउनु भयो । नगरभित्रको चौथो नम्वरमा मगरपुर पुर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा गरिएको हो । बाँसगढी नगरपालिकाको सहयोग ४ नम्बर वडा कार्यालयको समन्वय र कवर्डहल टोल विकास सस्थाको आयोजनामा मगरपुर टोललाई पुर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा गरिएको बताईएको छ ।
निमिमित रुपमा शौचालयको प्रयोग, स्वच्छ र शुद्ध खानेपानी, समुचित खानाको प्रयोग, घरायसी र ब्यक्तिगत सरसफाई, वाताबरणीय सरसफाई, खानेपानी सरसफाई स्वच्छता, जनस्वास्थ्यका क्रियाकलापहरु जस्तै खोप, गर्भवती जाँच, सुत्केरी जाँच, पोषणमा पुर्णरुपमा सहभागिता लगायतका ८ वटा शुचकांकहरु कार्यान्वय गरिएको छ । पुर्ण स्वस्थकर उन्मुख टोल घोषणाका लागि प्रतिवद्धता पत्रमा मगरपुर टोलबासी र सहभागिहरुले समेत हस्ताक्षेर गरेका छन् । पुर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा कार्यक्रममा बोल्दै बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्काले पालिकामा रहेका सबै टोलाई पुर्णसरसफाई उन्मुख क्षेत्र घोषणागर्दै लैजाने बताउनु भयो ।
सबै वडा घोषणापछि नगरपालिकालाई पुर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा गर्न पालिका लागि परेको उहाँको भनाई छ । प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्य रहेको बताउँदै नगरपालिकाले पुर्ण सरसफाईयुक्त नगरपालिका निर्माण गर्ने अभियानमा आफु लागि परेको प्रमुख खड्काको भनाई छ । कार्यक्रमा बोल्ने वक्ताहरुले टोललाई सफा र स्वच्छ राख्न सबै समुदाय लाग्नुपर्नेमा जोड दिएका थिए । साथै पुर्ण स्वस्थकर ब्यवहार उन्मुख टोल घोषणा गर्नका लागि सहयोग पुरयाउने संघसस्था, ब्यक्तिलाई प्रमाण पत्र प्रदान गरिएको छ । कवर्डहल टोल विकास संस्थाका अध्यक्ष धुर्बेन्द्र कुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कालिका बास्तोलाले स्वागत मन्तब्य दिनु भएको थियो ।
Facebook Comments