• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
स्वस्थ्य स्वयंसेविकालाई वडाको साईकल हस्तान्तरण

विन्दु चौधरी, २० जेठ, बर्दिया । बढै्याताल गाउँपालिका वडा नम्बर ९ का महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सेवा प्रवाहमा थप गतिशील बनाउँदै स्वास्थ्य सेवामा पहुँच पुर्याउन ५ जना स्वास्थ्य स्वयंसेविकालाई वडाले साइकल वितरण गरेको हो । 

महिला स्वास्थ्य स्वयंसेविकाहरु अम्बिका रेग्मी, अमृता रेग्मी, आशा थारु, रामचन्दी थारु र हेलकुमारी थारुलाई बढै्याताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारी, वडाअध्यक्ष विरबहादुर थारुले साइकल वितरण गर्नुभएको थियो । वडाध्यक्ष विर बहादुरले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदानगर्दै आएको र अझै स्वास्थ्य क्षेत्रमा थप सेवा गर्न सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताउनुभयो । उहाँले बढै्याताल गाउँपालिका वाड नं ९ विकट क्षेत्र भएको, अधिंकाश गर्भवती महिला घरमै सुत्करी गराउने र खोपको पहुँच भन्दा टाढा रहेकोले महिला स्वास्थ्य स्वयंसेविकालाई घरदैलौ गर्न थप सहज होस् भनेर वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको वडाअध्यक्ष थारुको भनाई छ । 

यसैविच वडाकार्यालयले वडाका ३ वटा खोप क्लिनिकमा टेबल र कुर्सी समेत हस्तान्तरण गरेको छ । बढै्याताल गाउँपालिका वाड नं ९ मा रहेको टेशनपुर खोप क्लिनिक, जनतानगर खोप क्लिनिक र मुनालबस्ती खोप क्लिनिकमा १।१ सेट टेबल र कुर्सी हस्तान्तरण गरेको वडाध्यक्ष थारुले जानकारी दिनुभयो ।  महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रमा स्थायी–अस्थायी परिवार नियोजनबारे परामर्श र सेवा उपलब्ध गराउने, मातृ स्वास्थ्य प्रर्बद्धन अन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आठ पटक गर्भजाँचका लागि प्रोत्साहन, गर्भवती महिलालाई आइरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहन, नियमित खोप, अभियान लगायतका कामगर्दै आएको र अझै थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज हुने अपेक्षा गरिएको वडाअध्यक्षको भनाई छ । 

सम्बन्धित समाचार

Facebook Comments