• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
बंगुर पालनको पकेट क्षेत्र बन्दै मधुवन वडा नम्बर ९

विष्णु अधिकारी, २७ जेठ, बर्दिया । बर्दिया जिल्ला कृषि र पशुपालनका लागि उर्वर भुमि मानिन्छ । किसानहरुले उत्पादन गरेका बस्तुहरुको उचित मुल्य र बजार नपाउँदा कृषि पेशा तर्फ चासो घट्दै गइरहेको समयमा वंगुर पालन किसानका लागि केही राहत भएको छ । 

विगतमा बंगुरपालन गरेका किसानहरुको स्वाइन फ्लुका कारण वंगुर पालनमा हस आएको भएतापनि आजको अवस्थामा बंगुरपालन पुनरउत्थान हुँदै आएकोले पनि बंगुुुुर पालन तर्फ आर्कषण बढ्न थालेको हो । किसानका लागि एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले वालीबस्तु विशेष सघन व्यवसायीक उत्पादन क्षेत्र विकास अन्तर्गत व्यवसायिक रुपमा वंगुरपालन गरी रहेका मधुवन नगरपालिकाका किसानहरुलाई सामाग्री तथा औषधी हस्तान्तरण गरेको छ । बंगुर पालन गरिरहेका मधुवन नगरपालिका वडा नं. ९ का कृषकहरुलाई परजिवी नियन्त्रण औषधि, मिनरल/आइरन, किसानहरुको सुरक्षाका लागि गमबुट, मास्क, एप्रोन, भिटामिन, दानामिल लगाएतको सामाग्री वितरण गरिएको थियो ।

व्यवसायिक रुपमा नै वंगुर पालन गरिरहेका किसानहरुका लागि ७ वटा २ कोठे खोर निर्माण फुटपाथ सहित ४ जना किसानलाई वंगुरको भाले सहित तारजाली वितरण गरिएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले कार्यक्रममा जानकारी दिएको छ । वंगुर पालन किसानका लागि सामाग्री वितरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सेनाले बर्दियाका किसानले ४० बर्ष अघि उत्पादन गरेका बस्तुहरु कोरिया जापान पठाउने गरेको नेपाल आज बाहिर मुलकबाट अबौको खाद्यान्न भित्राउने गरेको बताए । बर्दियाका किसानले उत्पादन गरेको खाद्यान्न नेपालको २३ जिल्लालाई पुग्ने सरकारी तथ्याङ्क रहेको भएता पनि किसानको अवस्था सुधार गर्न किसानलाई सहजरुपमा मल, विउ तथा सिचाईको सुविधा पु¥याउन अब सबैले हातेमालोगर्दै अगाडी बढ्न आग्रह गरेका छन् । 

तिमिल्सेनाले नेपालीहरु आज कृषि पेशा छोडर अन्य पेशा व्यवसाय तथा सामाजिक कार्यमा लागेको भएता पनि सबै हामी नेपाली किसानका छोराछोरी हौं भनेर भुल्न नहुने बताएका छन् । प्रदेश सदस्य तिमिल्सेनाले किसानले कृषिमा पसिना बगाएर उब्जनी गरेको हुन्छ राज्यले पनि पसिनाको सही मूल्य निर्धारण गर्न सकेमा कृषि पेशा प्रति किसानको मोह जाग्ने तर्फसबैको ध्यान केन्द्रित हुनु पर्ने कुरामा जोड दिए । एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बंगुर पालन तर्फ किसानलाई प्रोत्साहन गर्नका लागि खोर, तारजाली, औषधि लगायतका सामानहरु किसानको घरदैलोमा पुगेर वितरण गरेको बताए । बंगुरको मासुको माग बढेकाले सुरक्षित ढंगले व्यवसाय गर्नका लागि तालिमको पनि आयोजना गरिने र वंगुर पालन किसानका लागि कार्यालय जहिले पनि प्राविधिक तथा अन्य सहयोगका लागि तत्पर रहेको जानकारी दिए । 

२३ जना किसानहरुलाई औषधीजन्य सामाग्री र ३ वटा दाना मेसिन हस्तान्तरण गरिएको छ । कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय निर्देशक डाक्टर प्रवेश सिंह कुँवरले पकेट क्षेत्रको निरन्तरताको रुपमा मधुवन नगरपालिका वडा नं. ९ मा वंगुर पालन व्यवसायीक रुपमा गरिने र एकै ठाउमा एकै किसीमको व्यवसाय गर्दा बजारीकरण र प्राविधिक सहयोग गर्नका लागि पनि सहज हुने बताए । निर्देशक कुँवरले वितरण गरिएका सामानहरुको प्रयोग सही सदुपयोग गरि उत्पादन बृद्धि गर्न किसानहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा एकिकृत कृषि तथा पशुपंक्षी विकास पशु चिकित्सक अनिल कुमार शर्मा, मधुवन नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष हर्क बस्नेत लगाएत स्थानीयहरुको उपस्थिती रहेको थियो ।  

सम्बन्धित समाचार

Facebook Comments