• ७ जेठ २०८२, मङ्गलवार
  • १९ °C काठमाडौं
नेपाल आईडलका चर्चित कलाकार करण परियार गृह जिल्ला बर्दियामा 

विन्दु चौधरी, ३२ जेठ, बाँसगढी (बर्दिया) । चर्चित रियालिटी शो नेपाल आइडल सिजन ५ का फाइनलिष्टमा पुगेका बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका करण परियारलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । नेपाल आइडलको फाइनलिष्टमा पर्न सफल परियार शुक्रबार गृह जिल्ला बर्दिया आएका हुन् । 

विहान १२ बजे राँझा विमानस्थलमा उत्रिएका करणलाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो । परियारको स्वागतमा बाँसगढीमा समेत ठूलो संख्यामा शुभचिन्तक तथा फ्यानहरुले फूलमाला र खादाले भब्य स्वागत गरेका थिए । बाँसगढी उद्योग बाणिज्य संघको नेतृत्वमा भएको स्वागत कार्यक्रममा परियारले सयौं दर्शकहरुलाई संगीतमय मनोरन्जन दिएका थिए । उनले बारबर्दिया नगरपालिकाको जयनगरमा साँगितिक प्रस्तुती गर्ने बताईएको छ ।

गृह जिल्लाबाट अनेक कठिनाइ र समस्याहरूसँग लड्दै नेपाल आइडल सिजन ५ का फाइनलिष्ट सम्म आइपुगेका करण स्वरका धनी छन् । नेपाल आइडलमा उनको स्वरको जति चर्चा गरिन्छ उत्ति नै लय पनि मिलेको हुन्छ । त्यसैले त उनी नेपाल आइडलका जजको मनपर्ने प्रतिस्पर्धीमा पर्छन् । उनलाई भोट गर्न इसेवा, प्रभुपे र मोमो एपको प्रयोग गर्न सकिने छ । त्यस्तै एसएमएस मार्फत भोट गर्न ३७००० मा ०३ टाइप गरेर सेन्ड गर्न सक्नुहुने छ ।

सम्बन्धित समाचार

Facebook Comments