• ११ वैशाख २०८२, बिहिवार
  • १९ °C काठमाडौं
किशोरी लक्षित यौन तथा प्रजनन् विशेषज्ञ शिविरबाट २ सय ७९ जना लाभान्वित

मुरली गोडिया, २ असार, गुलरिया (बर्दिया) । बर्दियामा यौन तथा प्रजनन् विशेषज्ञ शिविरबाट २ सय ७९ जना लाभान्वित भएको छन् । गुलरिया नगरपालिका वडा नं १०, रत्नापुरमा १० देखि २४ वर्षीया उमेर समूहका किशोरीहरुलाई लक्षित गरी यौन तथा प्रजनन् विशेषज्ञ शिविर बाट स्थानियहरुले विभिन्न सेवा तथा परामर्श लिएपछि लाभान्वित भएका हुन । 

स्वास्थ्य कार्यालयको समन्वय तथा गुलरिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित शिविरले सिमान्तकृत क्षेत्रका किशोरी महिलाहरु पाठेघर, गर्भवती जाँच, मनो सामाजिक परामर्श लगायत यौन तथा प्रजनन स्वास्थ्य सेवा लिएको नेपाल मेडिकल कलेज कोहलपुरमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर कविता पाण्डेले बताउनु भयो । सिमावर्ति क्षेत्रमा संचालन भएको उक्त शिविरमा आएका महिलाहरुमा बाँझोपनाको समस्या, महिनावारी हुँदा पेट दुख्ने समस्या बढी रहेको वहाँले बताउनु भयो । स्थानियहरु स्वास्थ्य उपचार लिन नेपालमा महंगो र झन्झटीले मानेर कतिपय भारतमा समेत उपचारका लागी जाने गरेका छन । 

प्राय गाँउका किशोरी महिलाहरु आफनो रोग बारे खुल्न नचाहने लुकाएर बस्ने र ठुलो रोगको सिकार हुने गरेको स्थानियको भनाई छ । तशर्थ गाँउमा स्वास्थ्य प्रजनन् शिविर पुगेपछि धेरै जसो महिलाहरु रोग बारे खुलेर बताउने गरेका कारण सरकारले यस्ता शिविरहरु महिनै पिच्छे गर्नु पर्ने स्थानिय चाँदनी लोधले आग्रह गर्नुभयो । महिलाहरुमा देखिने पाठेघरको समस्या लगायत अन्य चेकजाँचका लागी गाँउमै शिविर आएपछि किशोरी महिलाहरु खुशि भएका छन । गुलरिया नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय बर्दिया र  बाँके युनेस्को कल्ब, प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको हो । आयोजित शिविरमा २ सय ७९ जना किशोरी तथा युवा महिलाहरुले स्त्री रोग विशेषज्ञ डा. को उपस्थितिमा बिभिन्न किसिमका सेवा तथा उपचार गराएको सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोविन्द लामिछानेले बताउनु भयो । 

बोर्डरमा भएका किशोरी महिलाहरु आफनो रोग बारे खुलेर नबताउने र स्वास्थ्य संस्थामा पनि जान नमान्ने भएकाले शिविरले उनिहरुलाई सचेतना जगाउनु, उपचार बारे धारणा सार्वजनिक गर्नु र स्वास्थ्य संस्थामा समेत गइ उपचार गराउनु पर्ने आवश्यकता बारे सिकाई समेत हुने लामीछानेले बताउनु भयो । किशोरीले शिक्षण अस्पतालका डाक्टरबाट पाठेघर, गर्भवती जाँच, मनोसामाजिक परामर्श लगायत यौन तथा प्रजनन स्वास्थ्य सेवा लिएका छन । यस्ता शिविरहरु समय समयमा संचालन गरी स्वास्थ्य सेवाबाट बन्चित समुदायलाई नियमित रूपमा अस्पताल गई चेकजाँच गराई जोखिमबाट बच्नका लागि समेत परामर्श गराउनु पर्ने आवश्यकता रहेको स्थानिय सेवाग्राही महेक खानले सुझाव दिनु भयो ।

सम्बन्धित समाचार

Facebook Comments