• ५ साउन २०८१, शनिवार
  • २९ °C काठमाडौं
नेपाल आइडल सिजन ५ को बिजेता बने बर्दियाका करण परियार  

केशव कोईराला, ९ असार, बर्दिया । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को बिजेता बर्दियाका करण परियार बनेका छन् । चार फाईनलिष्ट मध्ये सर्वाधिक भोट पाएपछि परियारले बाजी मारेका हुन् ।

शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बने । उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअपबन्दै ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअपबन्दै नगद ५ लाख रुपैयाँ प्राप्त गरे । दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअपबन्दै स्कुटर पुरस्कार प्राप्त गरे । 

चार महिनादेखि जारी नेपाल आइडल सिजन ५ को विजेता दर्शकको भोटको आधारमा गरिएको हो । नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा हुन् । शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए । ग्रान्ड फिनालेमा नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईं, पूर्व प्रतिस्पर्धी समेत रहेका गायक–गायिकाहरु प्रताप दास, प्रवीण बेडवाल, मेनुका पौडेल, अफ्सर अली, यो सिजनका टप १० प्रतिस्पर्धी लगायतले प्रस्तुति दिएका थिए । नेपाल आइडललाई एपीवान टेलिभिजनले निर्माण गर्दै आएको छ ।

सम्बन्धित समाचार

Facebook Comments