• १३ माघ २०८१, आइतवार
  • १५ °C काठमाडौं
मधुवनमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न 

हरि गुरुङ, १० असार, मधुवन (बर्दिया) बर्दियाको मधुवन नगरपालिका वडा नं–३ आधारभुत स्वास्थ्य केन्द्रमा एकदिने निःशुल्क मधुमेह (सुगर) तथा थाइराइड जाँच शिविर सम्पन्न भएको छ । एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एण्ड डाग्नोष्टिक सेन्टर प्रा.ली. नेपालगन्ज बाँकेको आयोजना तथा आर्थिक सहयोग र मधुवन नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा शिविर सम्पन्न भएको छ ।

निःशुल्क स्वास्थ्य जाँच शिविरमा १ सय ६० जना महिला, ८४ जना पुरुष गरि जम्मा २ सय ४४ जना सेवाग्राहीले सेवा लिएको सुर्यपटुवा स्वास्थ्य चौकीका सिनियर अहेव संजिप पन्जियारले जानकारी दिनु भएको छ । 

निःशुल्क स्वास्थ्य जांच शिविरमा मधुवन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गिता घिमिरे, सह–संयोजक मणिराम आचार्य, सिनियर अहेव संजिप पन्जियार, अहेव अजय चौधरी र अनमी नविना श्रीष मगरले सेवाग्राहीहरुलाई सेवा दिएको सिनियर अहेव पन्जियारले बताउनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments