राजापुरमा विद्युतको आपूर्ति कम माग बढी
केशव कोईराला, ११ असार, राजापुर (बर्दिया) । नेपाल बिद्युत प्राधिकरण राजापुर बितरण केन्द्र प्रमुख अनिल चौधरीले आपुर्ति कम तथा माग बढेका कारण भौरा क्षेत्रमा बिजुली आउ जाउमा समस्या भएको बताउनु भएको छ । यस क्षेत्रको बिजुली बारम्वार आउजाउ हुन थालेपछी यहाँका राजनीतिक दलका प्रमुख प्रतिनीधि एवं पत्रकारहरुले मंगलबार बिद्युत कार्यालयमा समस्यावारे ध्यानाकर्षण गराउने क्रममा प्रमुख चौधरीले यस्तो बताउनु भयो ।
यस बर्ष अत्याधिक गर्मीले बिद्युतको उपयोग बढी भएकाले माग बढेका कारण यस्तो समस्या आएको बताउनु भयो । ध्यानाकर्षण गर्न गएको टोलीले बिद्युत के कति कारणले गयो सोबारे बुझ्न खोज्दा फोन नउठ्ने गरेकोमा अब त्यसो नगर्न आग्रह गरेका छन् । टोलीमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष चिन्तामणी आचार्य, नेपाली कांग्रेसका नगर उपसभापति कमल पाण्डे, नेकपा एमालेका नगर अध्यक्ष शिवमणी शर्मा लगायत पत्रकार सहभागी थिए ।
Facebook Comments