• ७ फागुन २०८१, बुधवार
  • १८ °C काठमाडौं
बाँसगढी नगरका बटैया गर्ने किसानलाई अनुदानमा मल

विन्दु चौधरी, २५ असार, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिकाले अधियाबटैया गर्ने एकसय जना किसानहरुलाई अनुदानमा रासायनिक मल वितरण गरेको छ । नगरपालिकाको चालु आर्थिक वर्ष २०८०।०८१ को स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा अधिया बटैया खेती गर्ने किसानहरुलाई रासायिक मल वितरण गरेको हो । 

नगर भित्रका एक सय जना जमिनदारको खेत अधियाबटैया गर्दै आएका किसानलाई नगरपालिकाले रासायनिक मलमा ५० प्रतिशत अनुदान वितरण गरेको कृषि विकास शाखा प्रमुख लाल बहादुर खड्काले जानकारी दिनुभयो । अधियाबटैया गर्ने किसानले नेपाल सरकारले गरेको गहँुबाली खेतीको लागि रासायिक मलमा सिफारिस मात्रा अनुसार युरिया प्रतिकठ्ठा ७.२७ किलोग्राम, डिएपि प्रतिकठ्ठा ३. ६४ किलोग्राम र पोटास प्रतिकठ्ठा २.७७ किलोग्रामका दरले अनुदान प्रदान गरेको कृषि विकास शाखाका साहायक कृषि प्राविधिक सिर्जना विकले बताउनुभयो । 

उहाँका अनुसार ७ सय ५१ कठ्ठा अधिया गर्ने एकसय किसानलाई अधिया खेति गरेको क्षेत्रफलको आधारमा ३ लाख ६ हजार ४ सय ४८ रुपैया रकम वितरण गरिएको कृषि प्राविधिक सिर्जना विकले जानकारी दिनुभयो । जुनमध्ये बाँसगढी नगरपालिका वाड नं ४ का ११ जना किसानले अनुदान पाएको छन् । त्यसैगरी वार्ड नं ५ का ८ जना, वार्ड नं ६ का ३४ जना, वार्ड नं ७ का ४ जना, वार्ड न ं८ का १२ र वार्ड नं ९ का ३१ जना गरी जम्मा एकसय किसानले अनुदान पाएको कृषि विकास शाखाले जनाएको छ । वाड नं. १ , २ र ३ वडामा भने आवेदन नपरेको कृषि प्राविधिक विकले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments