• ७ जेठ २०८२, मङ्गलवार
  • १८ °C काठमाडौं
मासु उत्पादक किसानलाई सहकारीको अनुदान

विन्दु चौधरी, ३० असार, बाँसगढी (बर्दिया) । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ५ मा रहेको लक्ष्यदीप सामाजिक उद्यमी महिला सहकारी संस्थाले मासु उत्पादन गर्ने १ सय ६४ जना कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरुलाई खसीको मासु उत्पादनका आधारमा प्रतिकलो रु २५ रुपैयाका दरले अनुदान वितरण गरेको हो । 

आर्थिक वर्ष ०७९।८० सालको प्रतिफल उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत सहसकारी संस्थामार्फत मासु उत्पादन गर्ने पशुपालक किसानलाई उत्पादनका आधार अनुदान वितरण गरेको लक्ष्यदीप सामाजिक उद्यमी महिला सहकारी संस्थाका प्रबन्धक शान्ता सुवेदीले जानकारी दिनुभयो । एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय गुलरियाले सहकारी मार्फत १९ हजार १९६ किलो मासु उत्पादन गर्ने कृषकलाई अनुदान उपलब्ध गराएको प्रबन्धक सुवेदीले बताउनुभयो । सहकारी संस्था मार्फत खसीबोका विक्रि गर्ने १ सय ६४ जना कृषकलाई मासु उत्पादनका आधारमा ४ लाख ७९ हजार ६ सय ५० रुपैया बराबरको अनुदान वितरण गरिएको चुरेकुञ्जलाई बताउनुभयो । 

बाँसगढी नगरपालिकालाई मासुमा आत्मानिर्भर बनाउन र कृषकलाई मासु उत्पादनमा जोड दिने उद्देश्यले किसानले पालेर बिक्रीका लागि योग्य भएका खसी, बोकाको तौल मापन गरी अनुदान उपलब्ध गराइएको लक्ष्यदीप सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष सरला कुमारी शर्माले बताउनु भएको छ । बाँसगढी नगरपालिकाले गत आर्थिक वर्ष मासु उत्पादन गर्ने कृषकलाई मासुमा प्रतिकीलो १० रुपैया अनुदान दिने निति तथा कार्यक्रम ल्याएपनि कार्यन्वयन नहुँदा मासु उत्पादन गर्ने किसानले गुनासो गरेका छन् । सहकारीले भने पशुपालक किसानलाई उत्पादनतर्फ आकर्षित गर्न तथा मासुजन्य उत्पादन बढाउने योजना अन्तर्गत कार्यक्रमलाई निरतर अघि बढाइएको जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments