सिंचाई अभावमा बर्दियामा रोपाईको गति सुस्त
हरि गुरुङ, ३१ असार, मधुवन (बर्दिया) । बर्दिया जिल्लामा असार महिना बितिसक्दा पनि मनसुन त्यति सक्रिय नभएका कारण ७६ दशमलव २५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । पश्चिम तराईको अन्नको भण्डार मानिने बर्दियामा कृषि ब्यवसायिकरण तथा धान उत्पादनको प्रचुर संभावना रहेको छ ।
जिल्लाको कुल खेती योग्य जनिन ७५ हजार हेक्टर मध्ये ६० हजार १ सय हेक्टरमा खेती गरिएको छ । जसमध्ये धानबालीले ओगटेको क्षेत्रफल ५० हजार २ सय ५० हेक्टर छ । जिल्लामा हालसम्म ४२ हजार ५ सय ६६ हेक्टर (७१ प्रतिशत) मा सिचाइ सुबिधा पुगेको छ । जिल्लामा पानी नपरेका कारण रोपाइँ प्रभावित भएको छ । अधिकांस खेतीयोग्य जमिन आकाशे पानीको भरमा छन ।
बर्दियाको बाँसगढी नगरपालिकामा ५० प्रतिशत, बारबर्दिया नगरपालिका ८० प्रतिशत, गुलरिया नगरपालिका ५० प्रतिशत, मधुवन नगरपालिका ८५ प्रतिशत, ठाकुरबाबा नगरपालिका ९० प्रतिशत, राजापुर नगरपालिका ९५ प्रतिशत, बढैयातात गाउँपालिका ७० प्रतिशत र गेरुवा गाउँ पालिकामा ९० प्रतिशत रोपाई भएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले चुरेकुञ्जलाई बताउनु भयो ।
आकासे पानीका भरमा धान रोपिने स्थानमा र भूमिगत पानीको सिँचाइ भएको स्थानमा रोपाइँ हुन सकेको छैन । किसानले जसोतसो धानको ब्याड तयार गरे पनि बर्षात कम हुँदा धान रोप्न पाएका छैनन । बर्दियामा ५० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा धान खेती हुने एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाले जनाएको छ ।
Facebook Comments