• २८ असोज २०८१, सोमवार
  • २४ °C काठमाडौं
मिस नेपालमा बर्दियाकी चेली प्रेरभिटाको प्रतिस्पर्धा  

चुरेकुञ्ज, ५ साउन, बर्दिया । डाबर बाटिका मिस नेपाल २०२४ को ५ औं स्थानमा पुग्न सफल आईडी नम्बर १७ की प्रेरभीटा स्वार भोटको याचनागर्दै बर्दियाको गुलरिया स्थित मामा घर आईपुगिन् । बर्दियामै हुर्के पढेकी उनी मावली हजुरवुवा, हजुरमुवा र ममी लगायत स्थानियहरुसँगको सहकार्यमा आयोजित प्रेस मिट मार्फत आफ्ना भावना खुलेरै राखिन् । शुक्रवार काठमांडौबाट गुलरिया आईपुगेकी उनलाई शनिवार बाँकेको नेपालगञ्जमा आयोजना हुने कार्यक्रममा जसरी पनि पुग्नै पर्ने थियो ।

२६ जनाले स्पर्धा गरेको रस्साकस्सीमा उनको आईडी १७ नम्बर हो । साउनको दोस्रो साता सम्म भोट गर्न सकिन्छ । तपाईहरु सबैको सहयोगले ५ औं स्थानमा आईपुगेकी छु । अब पहिलो बनाउन सहयोग गर्नुस् । उनले भनिन् भोटको धेरै उतार चढाव हुने रहेछ । कृपया खल्ती एप मार्फत भोट गरेर सहयोग गर्नुस् । बर्दियाको नाम पहिचान गराउने मेरो पहिलो प्राथमिकता हो । सौर्य उर्जा मेरो प्रेजेक्टमा परेको छ । ग्रामिण क्षेत्रमा विद्युतिय अभावले हुने समस्या समाधानको उपाय मेरो अर्को प्राथमिकतामा पर्छ । स्वारले थपिन् पृथ्वीको तापक्रम बृद्धि र जलवायु परिवर्तनले गर्दा भूमण्डलीय समस्या पनि थपिएको छ । 

सबैले मिलेर यसलाई रोक्नुपर्छ । सँस्कार, सँस्कृति, नैतिकता, रहन सहन सबै सुन्दरताको गहना हो । अनुहार राम्रो मात्र भएर सुन्दरी भईदैन । सुन्दरीको लागि नभई पारिवारिक सँस्कारको पहिचान दिन प्रतिस्पर्धामा उभिएको उनको भनाई छ । मैले धेरै पारिवारिक सँस्कारबाट बुझ्ने अवसर पाएँ । सोही अवसर सदुपयोग गर्न स्पर्धामा सहभागी भएकी हुँ । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बर्दियाकी चेलीलाई गन्तब्यमा पुर्याउन नगरवासीसँग आग्रह गरे । 

उनले भने चेलीलाई प्रतिस्पर्धामा सफलता दिलाउनको लागि जस्तोसुकै सहयोग मागेपनि दिन तयार छु । आफ्नै ठाउँ गाउँको मानिसहरुलाई उचाईमा पुर्याउन कुनै कन्जुसाई गर्नु हुँदैन नगरप्रमुख यादवले भने । मिस नेपाल ०२४ की प्रतिस्पर्धी स्वारका मामाघरका हजुरवुवा स्थानिय माधवबहादुर कुुँवरले नातिनिलाई भोट गरी सहयोग गर्न सबैसँग अनुरोध गरे । नातिनीको जितले बर्दियाको पहिचान बढ्ने कुँवरले विस्वास ब्यक्त गरे । सबैको साथ र सहयोगले गन्तब्यमा पुग्न कुनै कठिनाई नपर्ने उनको भनाई छ ।

सम्बन्धित समाचार

Facebook Comments