• ७ जेठ २०८२, मङ्गलवार
  • १८ °C काठमाडौं
खाता जैविकमार्ग क्षेत्रका स्थानियको सामूहिक विमा

हरि गुरुङ, ६ साउन, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १, २ र ३  का वन्यजन्तुबाट अतिप्रभावित क्षेत्रका स्थानीयहरुको सामुहिक विमा गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाको सहकार्यमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय विमा कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्ज बाँके मार्फत खाता जैविकमार्ग क्षेत्र आसपास वसोवास गर्ने स्थानियहरुको सामुहिक बन्यजन्तु द्र्रुघटना विमा गरेको छ ।

मधुवन नगरपालिका वडा नं १, २ र ३ का १ हजार ३ सय ११ घरधुरी परिवारका ३ हजार ३ सय ९० जना महिला र ३ हजार ३ सय ६६ जना पुरुष गरि जम्मा ६ हजार ७ सय ५६ जनाको २ लाख बराबरको सामुहिक विमा गरेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । “विमालेख कायम गरेको अवधीमा विमालेखमा परिभाषित दुर्घटनाको एक मात्र प्रत्यक्ष कारणबाट बिमितलाई भएको शारीरिक क्षतिमा विमालेखको लाभको तालिकामा उल्लेख भए बमोजिमको रकम विमकले भुक्तानी पाउने अवस्था तोकिएको छ । 

दावी जालसाजीपुर्ण भएमा, दावीको सिलसिलामा विमालेख धारक वा विमित वा निजको तर्फबाट कार्य गर्ने ब्याक्तिले झुठ्ठा बयान दिई अनुचित लाभ उठाउन खोजेमा, विमा ऐन २०४९ बमोजिम विमा समितिले विमकको पक्षमा फैसला गरेको पैतिस (३५) दिनभित्र उच्च अदालतमा उजुरी नगरेमा  विमा भुक्तानी नहुने बताईएको छ । तर दावी भुक्तानी दिन अस्वीकार गर्नु अघि विमकले उल्लेखित कुराहरु प्रमाणित गर्नुपर्नेछ । विमा अवधी २०८१ असार ३० गतेदेखि २०८२ असार २० गते सम्म कायम रहने जनाईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments