बजार अनुगमनलाई प्रभावकारी बनाईने : प्रजिअ रुद्रादेवी शर्मा
विष्णु अधिकारी, ८ साउन, बर्दिया । दैनिक उपभोग्य बस्तुबाट आम उपभोक्ता मर्कामा परिरहेको समयमा जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुगमनलाई थप कडाईका साथ लागु गर्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले उपभोक्ता हित र बजार अनुगमन, विपद् ब्यवस्थापनमा उद्योग वाणिज्य संघको भूमिका तथा अत्यावश्यक वस्तुको सहज आपुर्ति लगाएतका विषयमा सरोकार वाला निकायहरुका बिच छलफल गरेको छ ।
आम उपभोक्तालाई कसरी सहज रुपमा गुणस्तरीय बस्तु खरिदमा आर्कषित गर्न सकिन्छ भन्ने विषयमा सम्पुर्ण सरोकारवाला निकायहरु एक हुनुपर्ने प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले बताउनु भयो । बजारमा पाइने बस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, शुद्धता, र सही नापतौल नभएका बस्तुहरु बेचविखन गरेको पाइएमा कारवाहीको भागिदार हुनुपर्ने प्रमुख जिल्ला अधिकारी शर्माले कार्यक्रममा जानकारी दिनु भएको छ । हामी सबै उपभोक्ता भएकाले उपभोक्ताको हित र स्वास्थ्य माथि खेलवाड गर्नु सामाजिक अपराध मात्र नभएर नैतिक र कानूनी अपराध पनि भएकाले यस्तो कार्य गरेमा कानुनतः दण्ड भोग्नु पर्ने उहाँको भनाई छ ।
अनुगमनको पाटोमा प्रदेश स्तरिय घरेलु कार्यालय, विषयगत कार्यालयले र जिल्ला स्तरमा निरिक्षण अधिकृतको रुपमा सहायक प्रमुख जिल्ला अधिकारी सहित संयुक्त रुपमा अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले बताएको छ । प्रमुख जिल्ला अधिकारी शर्माले सुरक्षाको दृष्टिकोणले ८३ किलोमिटर खुला बोर्डर रहेका कारण लागुऔषध पनि टड्कारो समस्या हुनुका साथै अन्य समस्याहरु पनि रहेकाकाले एकल प्रयासले मात्र सबै समस्या समाधान गर्न नसकिने भएकाले सबैको हातेमालोबाटसमस्या समाधान गर्न सहज हुने कुरामा जोड दिनु भएको थियो ।
बर्दियाको सिमा क्षेत्रमा ५ किलोमिटर बराबर १ जना सशस्त्र प्रहरी र वडामा ६०१ जना बराबर एकजना प्रहरीले सुरक्षा दिइरहेको कुरा विर्सन नहुने र सबै कुराको निगरानी प्रहरीले मात्र गर्न सम्भव नभएकाले आम नागरिक पनि उत्तिकै चनाखो रहनु पर्ने शर्माले बताउनु भएको छ । कार्यक्रममा ८ वटै पालिकाका उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुले खुला बोर्डर र मन्दिका कारण ब्यापारीहरु मर्कामा परेको गुनासो गरेका थिए । कार्यक्रममा सरोकार वाला निकायहरुले उपभोक्ता हक हित संरक्षणका लागि जिल्ला प्रशासन कार्यालयले नै नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने कुरा सुझाएका थिए ।
Facebook Comments