छिमेक लघुवित्त वित्तीय संस्थाद्वारा सदस्यहरुलाई साक्षरता
मुरली गोडिया, १७ साउन, गुलरिया (बर्दिया) । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मगरागाढीको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । ९० जना सदस्य तथा अबिभाबकहरुले उक्त शिक्षा लिएका छन ।
बर्दियाको बारबर्दिया स्थित कतार्निया जयनगरमा गरी २ वटा वित्तीय साक्षरता कार्यक्रम गरिएको मगरागाडी शाखाका शाखा प्रबन्धक सन्तोष नेपालीले बताउनु भएको छ । वित्तीय कारोबार बारे जनचेतना जगाउने, सुरक्षित बचत, कर्जा रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोगको विषयमा वित्तीय चेतना अभिबृद्धि गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
वित्तीय संस्थाका ग्राहकहरुको कर्तब्य र अधिकार तथा व्यवसाय परियोजनाको आम्दानी र खर्चको लेखाजोखा बचत तथा कर्जाको ब्याजदरलाई पनि कार्यक्रमको विषयवस्तुमा सहजीकरण गरिएको थियो । साक्षरता कार्यक्रमको प्रशिक्षकका रुपमा भेस बहादुर बिस्वकर्मा रहनु भएको थियो । शाखा कार्यालयको स्थापनाकाल देखि हाल सम्मको प्रगतिको अवस्था र बचत तथा कर्जाको बारेमा जानकारी, लघुवित्तमा बहु बैंकिङ्गले पार्ने समस्याका बारेमा सहजीकरणगर्दै सहभागीबाट उठेका जिज्ञासाको बारेमा शाखा प्रबन्धक सन्तोष नेपालीले प्रष्ट पार्नु भएको थियो ।
संस्थाले देशभर ६९ जिल्लामा रहेका १ सय ९७ वटा शाखा कार्यालय मार्फत करीब ४ लाख भन्दा बढी विपन्न महिला सदस्यलाई समूहमा आवद्ध गराई बचत, कर्जा, विप्रेषण, लघुबीमा, आयमुलक तथा सिपमुलक, वित्तीय साक्षरता तालिम लगायतका अत्यावश्यक बैकिङ÷वित्तीय सेवा प्रदान गर्ने कार्यगर्दै आइरहेको वित्तीय साक्षरताका प्रशिक्षक भेस बहादुर बिस्वकर्माले बताउनु भयो ।
Facebook Comments