• ७ फागुन २०८१, बुधवार
  • १८ °C काठमाडौं
बढैयातालमा ब्यापार तथा माघी महोत्सव गरिँदै

बर्दिया । बढैयाताल गाउँपालिकाको सदरमुकाम मैनापोखरमा ब्यापार तथा माघी महोत्सव गरिने भएको छ । उद्योग बाणिज्य संघ बढैयातालको आयोजनामा पुष २७ गतेदेखि माघ ७ गते सम्म प्रथम प्रादेशिक बढैयाताल कृषि, पर्यटन, औद्योगिक ब्यापार तथा माघी महोत्सव हुने भएको हो ।


लुम्बिनी प्रदेश अन्र्तगत पश्चिम क्षेत्रको उद्योग बाणिज्य एवम् पर्यटकिय सम्भावनालाई प्रर्बद्धनगर्दै स्थानिय लघु तथा मझौला उद्योगबाट उत्पादित बस्तु तथा सेवाको बजारीकरणका लागि महोत्सव आयोजना गरिएको उद्योग बाणिज्य संघ बढैयाताल बर्दियाका अध्यक्ष बालकृष्ण लामिछानेले जानकारी दिनु भएको छ । उद्योग बाणिज्य संघ जिल्ला समन्वय समिति बर्दियाको निर्णय, बढैयाताल गाउँपालिकाको सिफारिसको आधारमा महोत्सव संचालन गर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुमति प्रदान गरेको छ । लामिछानेले भन्नुभयो, महोत्सव विहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म चल्नेछ । 


उद्योग बाणिज्य संघ जिल्ला समन्वय समिति बर्दियाले यसबर्ष बढैयाताल र गुलरियामा महोत्सव गर्ने निर्णय गरेको थियो । कृषिजन्य उत्पादन तथा जडीवुटीको ब्यवशायीकीकरणगर्दै लगानीका अवसरको खोजी गर्नुका साथै स्थानिय कला सँस्कृति, साहित्य भाषाको संरक्षणमा जोड महोत्सवमा दिईएको छ । उहाँले थप्नुभयो, महोत्सवमा घरेलु उत्पादन, दैनिक उपभोग्य सामाग्री, ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती, मनोरञ्जन सहितको बाल उद्यान, कृषि उत्पादन तथा जडीवुटी, हस्तकला, स्थानिय थारु तथा विभिन्न जातजातीका परिकार तथा सँस्कृति, गारमेन्ट, जुत्ता, गलैचा, पश्मिना लगायत कृषि यन्त्र उपकरण महोत्सवका मुख्य आर्कषक हो ।

सम्बन्धित समाचार

Facebook Comments