• ७ फागुन २०८१, बुधवार
  • १७ °C काठमाडौं
दिदीबहिनी कृषि सहकारी मार्फत धान खरिद शुरु

केशव कोईराला, राजापुर (बर्दिया) । दिदि बहिनि साना किसान कृषि सहकारी सँस्था लिमिटेड राजापुरले धान खरिद शुरु गरेको छ । सरकारले तोकेको न्यूनतम समर्थन मुल्यमा चिस्यानको मात्रा, धूलो, पराल, खाद्य बस्तुको अनुमानीत मात्रा घटाइ धान खरिद शुरु गरेको हो । 


जसअनुसार मोटा धान ३ हजार २ सय ३८ रुपैया तथा मकवानपुर प्रति क्वीन्टल ३ हजार ५ सय ४० रुपैया तोकिएको छ । सहकारीले तोकेको स्थान सम्म कृषकले पु¥याउनु पर्ने र पल्लेदारी खर्च समेत किसानले बुझाउनुपर्ने सँस्थाका प्रबन्धक मिना कुमारी चौधरीले जानकारी दिनुभयो । 


कृषकले ढाला गरि सकेपछी सँस्थाले बोरामा भरी काँटा गरिने, बिक्री गर्दाका बखत बैंक खाता अनिवार्य गर्नुपर्ने र १५ दिन भित्र किसानको खातामा पैसा पठाउने व्यवस्था मिलाइएको सँस्थाका अध्यक्ष सिता अर्यालले जानकारी दिनुभयो । थ्रेसिङ गरिएको धान र व्यापारीले धान बिक्री गर्न नल्याउन समेत सँस्थाले अपिल गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments