• २८ असोज २०८१, सोमवार
  • २३ °C काठमाडौं
उत्कृष्ट महिला बचत तथा ऋण सहकारी राजापुरको अध्यक्षमा पुनः खत्री सर्वसम्मत  

केशव कोईराला, २९ भदौ, राजापुर (बर्दिया) । बर्दियाको राजापुरमा रहेको उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा धनलक्ष्मी खत्री पुनः सर्वसम्मत चयन हुनु भएको छ । संस्थाको दशौं साधारण सभाबाट खत्री अध्यक्षमा  चयन हुनुभएको छ । 

सहकारीको उपाध्यक्षमा नुस्मा चौधरी, सचिव रिता आचार्य, कोषाध्यक्ष आशा खड्का, सहसचिवमा माया दहित लगायत ११ जना सदस्य सर्वसम्वत चयन भएका छन् । अध्यक्ष खत्रीले आफ्नो क्षमताले भ्याएसम्म सँथाको नाम उत्कृष्ट बनाउनुका साथै संस्थाको हितमा सबै व्यवस्थापन, लेखा र कर्मचारीहरुलाई मिलाएर अघि बढ्ने धारणा राख्नुभयो । संस्थाको दशौँ चुनावी साधारण सभामा ४ करोड ५६ लाख ८७ हजार ८ सय त्रियासी रुपैया छप्पन्न पैसा कारोवार रहेको र संस्थाले ४ लाख २९ हजार ८ सय २४ रुपैया ८१ पैसा नाफाको आर्थिक विवरण कोषाध्यक्ष मिना आचार्यले पेश गर्नु भयो । 

संस्थाले चालु आर्थिक बर्षमा शेयर सदस्यता संख्यामा वृद्धि भएको, शेयर पूजीमा वृद्धि भएको, वचत रकममा वृद्धि भएको, ऋण लगानी रकममा वृद्धि भएको लगायतको प्रगति गरेको जनाएको छ । साधारण सभामा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले महिला व्यवस्थापक रहेको संस्था निरन्तर प्रगतिको बाटोमा रहेको र अझैँ धेरै सफलताको शुभकामना दिदै नगरभरका सहकारीको प्रगति गर्न नगर सहकारी सञ्जाल गठन गरी काम अगाडी बढाइ रहेकाले सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

शुभकामना मन्तव्य राख्दै शुशेली बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा जिल्ला दुग्ध उत्पादक सहकारी संघका कोषाध्यक्ष टीकाराम रेग्मीले सहकारीले सधैभरी सदस्यको जीवनस्तर उठाउने सीपमूलक र उत्पादनमुखी कार्यक्रममा लगानी गर्नु पर्ने बताउनु भयो । दिदी बहिनी सहकारी संस्थाको अध्यक्ष सीता अर्यालले शुभकामनादिदै सहकारीको विकासमा धरातल विर्सन नहुने भन्दै राजनितिक र मेडिकल माफियाले सोझा सिधालाई उक्साउने गरेकाले सदस्यहरु दोधारमा परेकोले निरन्तर आफ्नो जिम्मेवारीमा रहनु पर्ने भन्दै संस्थाको प्रगति र उन्नतिको शुभकामना दिनु भएको छ । संस्थाको दशौँ साधारण सभाले कमला न्यौपानेको संयोजकत्वमा रामदुलारी चौधरी र चन्की कुमारी चौधरी सदस्य रहेको लेखा समिति गठन गरेको संस्थाका प्रबन्धक मिरा चौधरीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments