गुलरिया उद्योग वाणिज्य संघको सर्वपक्षिय प्यानल सार्वजनिक
विष्णु अधिकारी, १ असोज, बर्दिया । उद्योग वाणिज्य संघ बर्दिया गुलरियाको १० औं अधिवेशनका लागि सर्वपक्षिय समावेशी प्यानल सार्वजनिक गरिएको छ । उद्योग वाणिज्य संघ बर्दिया गुलरियाको आगामी असोज ५ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा व्यवसायिक हकहितका लागि देवेन्द्र पाण्डे (मंगल) को अध्यक्षतामा सर्वपक्षिय समावेशी प्यानल निर्माण भएको उद्योग वाणिज्य संघ गुलरियाका पुर्व अध्यक्ष वीर बहादुर चौधरीले बताउनु भएको छ ।
प्यानलको अध्यक्षमा देवेन्द्र पाण्डे (मंगल), प्रथम उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठ (बन्धु), द्धितिय उपाध्यक्षमा सुरेन्द्र पौडेल बगाले, तृतिय उपाध्यक्ष विष्णुकुमार सेठ्ठी, महासचिवमा मोहित पौडेल, सचिव पदमा श्रीकृष्ण थारु, कोषाध्यक्षमा केशव प्रसाद रिजाल र सह कोषाध्यक्षमा लिला बहादुर सुनार रहनु भएको छ । यसैगरि सदस्यहरुमा घनश्याम लोध, जाकिर हुसेन मनिहार, सुमित्रा चौधरी, कुमार पुरी, नविन चौधरी, महमद मैहमुद रजा मनिहार, पिताम्बर घिमिरे, सुरेन्द्र गौतम, ओसि अहमद इद्रिसी, अशोक कुमार के.सी., रमेश रावल र सरदीप ढुङ्गाना रहेको अध्यक्षका उम्मेदवार पाण्डेले जानकारी दिनु भयो ।
सर्वपक्षिय प्यानलले आफुहरु आगामी नेतृत्वमा आएमा व्यापार व्यवसाय गरिरहेका व्यवसायीको हकहित पक्षमा अडिग भएर अगाडी बढ्ने दृढता लिएर अघि बढ्ने उम्मेदवारहरुले जानकारी दिनु भएको छ । सर्वपक्षिय व्यवसायिक प्यानलले आफुहरु एकठाउँमा नआएमा व्यवसाय अझ धरासायी भएर जाने महशुस गरि साझा प्यानल बनाउन सबै उम्मेदवारहरु अभिप्रेरित भएको उद्योग वाणिज्य संघ बर्दिया प्रथम उपाध्यक्षका उम्मेदवार इन्द्रकुमार श्रेष्ठले बताउनु भएको छ ।
Facebook Comments