उद्योग बाणिज्य संघ गुलरिया बर्दियाको निर्वाचित कार्य समितिलाई शपथ
मुरली गोडिया, ६ असोज, बर्दिया । उद्योग वाणिज्य संघ गुलरिया बर्दियाका नव निर्वाचित कार्य समितिहरूले सपथ ग्रहण गरेका छन् । १० औं अधिवेशनबाट र्निविरोध निर्वाचित कार्य समितिले आईतवार सफत लिएका छन् ।
निर्वाचन समितिका संयोजक एवं नेपाल बार एसोसिएसन बर्दियाका अध्यक्ष कमल प्रसाद पाण्डेले शपथ ग्रहण गराउनु भएको छ । उद्योग बाणिज्य संघ गुलरिया बर्दियाको अध्यक्ष पदमा पुनः देवेन्द्र पाण्डे (मंगल) निर्विरोध निर्वाचित हुनु भएको छ । उद्योग बाणिज्य संघ गुलरिया बर्दियाको विधान २०४७ को परिच्छेद ४ दफा २ को (क) वमोजिम सबै कार्यसमिति निर्विरोध चयन भएको छ ।
संघको प्रथम उपाध्यक्षमा ईन्द्रकुमार श्रेष्ठ (बन्धु), द्वितिय उपाध्यक्ष सुरेन्द्र बगाले, तृतिय उपाध्यक्ष विष्णुकुमार सुनार (सेठ्ठी) चयन हुनु भएको छ । त्यस्तै महासचिवमा मोहित पौडेल, सचिव श्रीकृष्ण थारु, कोषाध्यक्ष केशव प्रसाद रिजाल, सह कोषाध्यक्ष लिला बहादुर सुनार चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ । सदस्यहरुमा घनश्याम लोध, वसी अहमद ईद्रिसी (बब्लु), पिताम्बर घिमिरे, जाकिर हुसेन मनिहार, सुमित्रा चौधरी, अशोक कुमार केसी, सुरेन्द्र गौतम, रमेश रावल, सर्दिप ढुँगाना, नविन चौधरी, महमद मैहमुद रजामनिहार र अशोक राजु पोखरेल चयन हुनु भएको छ ।
संघको १० औं अधिवेशनको कार्यतालिका अनुसार मनोनयन पत्र दर्ता भई अन्तिम सम्म कसैले उम्मेदवारी नदिएपछि निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । पुन निर्वाचित हुनु भएका नवनिर्वाचित अध्यक्ष पाण्डेले स्थानिय ब्यापारीहरुको समस्या समाधानको लागि समस्या पहिचानसहितको कार्ययोजना बनाएर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । कार्यक्रममा पूर्व कार्य समितिका पदाधिकारी एवं विभिन्न व्यापारिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागी थिए ।
कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष इन्द्रकुमार श्रेष्ठले उद्योग वाणिज्य सङ्घले व्यापारीको हितमा कार्य गर्नुपर्ने बताउनु भएको छ । निर्वाचित कार्यसमितिले टीकामाला मात्र लगाएर नभई व्यापारीहरूको हितमा काम गर्नुपर्नेमा उहाँको जोडछ । शुभकामना मन्तव्य दिँदै निर्माण व्यवसायीसँग लुम्बिनी प्रदेशका सदस्य भेषराज पौडेलले्र व्यवसायीको हक अधिकारका लागि खोलिएका संघ संस्थाहरूसँग समेत समन्वयगर्दै काम गर्नुपर्ने बताउनुभयो । सम्पूर्ण कार्य समिति निर्विरोध भएको हुनाले व्यापारीको हितमा कार्य अवश्य हुने विश्वास उहाँको छ ।
Facebook Comments