राजापुरमा 'हाम्रो मौसम' मोवाईल एप संचालनमा
केशव कोईराला, ९ असोज, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ४ मा ‘हाम्रो मौसम’ नामक मोवाइल एप संचालनमा ल्याइएको छ । युएसएड जल जंगल कार्यक्रम अन्तर्गत द स्माल अर्थ नेपालले मोवाइल एप संचालनमा ल्याएको हो ।
मौसम पुर्वानुमान प्रणाली र त्यसको पहुँच स्थानीय समुदायमा थप प्रभावकारी बनाउने उदेश्यले मोवाइल एप संचालनमा ल्याइएको हो । मोवाइल एपमा दुई दिने तापक्रम, वर्षाको अवस्था, असिना, चट्टयाङ्ग, हावाहुरी लगायतको मौसम पूर्वानुमान समाबेश गरिएको छ । यसका साथै, मौसम विशेष कृषी बुलेटीनमा पशुपालन, तरकारी बाली, फलफुल खेति, खाद्यन्न वाली, मौसम पूर्वानुमान परिदृश्य एवं अन्य बुलेटिन समावेश गरिएको छ ।
मोवाइल एप बारे बुधवार राजापुरमा आयोजित तालिममा सरोकारवालाहरु बिच कसरी एप चलाउने र त्यसमा भएको जानकारीका साथै बालिनालीको सूरक्षाकालागी मौसम पुर्वानुमान, मौसम बुलेटिन र मोवाइलमा पठाउने सन्देश बारे द स्माल अर्थ नेपालका अनुसन्धान सहायक त्रिबिक्रम बस्नेतले सहजीकरण गर्नुभयो । मोवाइल एप संचालनमा आएसँगै कुन बेलामा बालि लगाउने स्याहार गर्ने भन्ने बिषयमा सहज हुने सहभागीको भनाई छ ।
२१ °C काठमाडौं
Facebook Comments