बर्दियामा यातायात कार्यालय स्थापना गर्न उद्योग बाणिज्य संघको माग
मुरली गोडिया, ११ असोज, गुलरिया (बर्दिया) । बर्दिया जिल्लामा यातायात कार्यालयको शाखा स्थापना गरी संचालनमा ल्याउन उद्योग बाणिज्य संघ बर्दिया गुलरियाले माग गरेको छ । उद्योग बाणिज्य संघ गुलरिया बर्दियाले प्रमुख जिल्ला अधिकारी रुद्ध्रादेवि शर्मा मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेशलाई कार्यालय स्थापनाको लागि ज्ञापन पत्र बुझाएको छ ।
ग्रामिण क्षेत्रमा समेत सडक सञ्जालसंग जोडिएको हुदाँ यस जिल्लामा उल्लेखनिय मात्रामा सवारीका साधनहरु प्रयोगमा आइरहेको भन्दै हजारौ सर्वसाधारण जनता आफ्ना २ पांग्रे तथा ४ पांग्रे सवारी साधनका चालक अनुमति पत्र नवीकरण, सवारी साधनका ब्लुबुक नवीकरण, दर्ता तथा नामसारी जस्ता कामका लागि नेपालगंजको लामो एवं जोखिम पूर्ण यात्रा गर्न बाध्य हुनु परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । लुम्बिनी प्रदेश सरकारले बर्दिया जिल्लामा एउटा पनि यातायात कार्यालय स्थापना नगरेको हुदाँ यस जिल्लाका सर्वसाधारणहरु मर्कामा परेको संघका अध्यक्ष देवेन्द्र पाण्डे द्धारा हस्तक्षरित विज्ञप्तीमा उल्लेख छ ।
ज्ञापन पत्र मार्फत जनताको आवश्यकता र भावनालाई मध्यनजर गर्दै जिल्लाको यातायात सम्बन्धी समस्या समाधानका निम्ति बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगर पालिका भित्र यातायात कार्यालयको शाखा कार्यालय स्थापना गरी अविलम्ब संचालनमा ल्याउन मन्त्री समक्ष विनम्रता पूर्वक अनुरोध गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो । उद्योग बाणिज्य संघ गुलरियाको टोलीले बुझाएको ज्ञापन पत्रमा लुम्बिनी प्रदेश अन्तर्गत रहेका १२ वटा जिल्लामध्ये केही जिल्लामा एउटै जिल्लामा पनि २ स्थानमा यातायात कार्यालय स्थापना भई संचालनमा रहेको तर “घर घरमा सिंह दरबार“ भन्ने राज्यको मुल नारा हुदाँहुदै पनि बर्दियामा कार्यालय स्थापना नगरिएको गुनासो पोखिएको छ ।
उद्योगले बाणिज्य संघ बर्दिया, गुलरियाले गुलरियामा यातायात शाखा कार्यालय स्थापना मात्र नभै द्वन्दकालमा बिस्थापित बर्दिया जिल्लाका छोटी भन्सार कार्यालयहरु पनि स्थापना गर्न सम्बन्धित मन्त्रालयमा जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत ज्ञ्यापन पत्र बुझाएको छ।
Facebook Comments