• २७ कार्तिक २०८१, मङ्गलवार
  • २२ °C काठमाडौं
राजापुर नगरपालिकाबाट दुई महिनामा १० जनाको श्रम स्विकृति 

केशव कोईराला, २१ असोज राजापुर (बर्दिया) । राजापुर नगरपालिकाबाट चालु आर्थिक बर्षको  साउनदेखि असोज दोश्रो साता सम्म वैदेशिक रोजगारीका लागि १० जना पुरुष कामदारले श्रम स्वीकृति लिएका छन् । जसमा सबै कामदार बाहिरिएका छन् । 

वैदेशिक रोजगारीका लागी नेपालीको रोजाईमा मलेसिया र युएई परेको छ । यहाँबाट श्रम स्वीकृती लिनेहरु साउदी, मलेसिया, कतार, युएई, जापान र ओमान कालागी रहेका छन् । राजापुर नगरपालीकाले बैदेशिक रोजगारीमा जानु अघि पूर्न तयारी  र त्यहाँ पुगेपछि काम गर्दा अपनाउनु पर्ने सावधानी बारे परामर्श दिएको रोजगार संयोजक रमेश कुमार पोख्रेलले जानकारी दिनुभयो । 

बैदेशिक रोजगार सम्बन्धी ५० जनालाइ अभिमुखीकरण तालिम दिईएको संयोजक पोख्रेलको भनाई छ । बैदेशिक रोजगारीका सिलसिलामा मृत्यु वा अंगभग भएका श्रमिक परिवार सन्तती छात्र वृत्तिका लागी यहाँ अध्यनरत ५ जना बालवालिकाको छात्रवृत्रि फाराम भरीएको छ । बैदेशिक रोजगारमा गई अलपत्र भएका १ जनाको उद्दार गरी उहाँले पाउने सेवा सम्बन्धी बैदेशिक रोजगार बोर्ड सचिवालयमा पत्राचार गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

Facebook Comments