सहकारीका मृतक सदस्यको ऋण मिनाहागर्दै सुविधा हस्तान्तरण
केशव कोईराला, १३ कार्तिक, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ धोबिनिपुरमा शाखा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गणेश बाबा शाखाले श्रद्धान्जली सभा तथा सुबिधा वितरण गरेको छ । सेवा केन्द्रका केन्द्र नम्बर २९४० समूह नम्बर २ को सदस्य नम्बर ५ का लक्ष्मी थारुको मृत्यु भएकाले स्वर्गीय थारुको सम्झनामा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा मृतक थारुका श्रीमान बिरेन्द्र थारुलाइ २ लाख ७७ हजार ६ सय ९८ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । मृतक थारुले सेवाकेन्द्र मार्फत दुई शीर्षकमा १ लाख ८० हजार ऋण लिनु भएकोमा ऋण मिनाहा सहित सुबिधामार्फत रकम हस्तान्तरण गरिएको हो । संस्थाको नियमानुसार उक्त रकम हस्तान्तरण गरिएको शाखा प्रबन्धक राम बहादुर बिकले बताउनु भयो । केन्द्रिय कार्यालय लम्की कैलालीका तालिम बिभाग प्रमुख नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राजापुर नगरपालिका ८ नम्बर वडा अध्यक्ष राजेश थारु रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतीथि थारुले पहिले पहिले शाहु महाजन बाफत ऋणलिदा भोग्नु परेको समस्यालाइ स्मरण गराउदै सहकारी माफत ऋणलिदा सहुलियत पाइने भएकोले सहकारी प्रतिको गलत बुझाइ त्याग्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा मृतक थारु प्रती श्रद्धाञ्जली व्यक्त गर्दै सम्झना स्वरुप १ गोटा लिचिको बिरुवा रोपिएको छ । कार्यक्रममा सेवाकेन्द्र सदस्य, बरघर, संस्थाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
Facebook Comments