जैविक मल उत्पादन गर्न बर्दियामा नयाँ परियोजना
मुरली गोडिया, १ मंसिर, बर्दिया । दैनिक जिवन एवं कृषी कर्मममा प्रयोग हुने विभिन्न रसायनयुक्त मलखादको प्रयोग कम गराउन बर्दियामा नयाँ परियोजनाको शुरुवात भएको छ । विशेष गरि आदिवासी थारू महिलाले दैनिक घरायसी कर्म तथा खेतीपातीमा प्रयोगगर्दै आएको रासायनिक मलको प्रयोगलाई रोकी उनिहरुलाई कृषी क्षेत्रमा थप सिर्जनशिल बनाउने उद्धेश्यले परियोजना बर्दियामा ल्याइएको हो ।
आदिवासी थारू महिला र तिनीका समुदायलाई कम कार्बन र नवीकरणीय ऊर्जा पहुँच र दिगो कृषि गर्न सक्षम बनाउने परियोजना अन्तर्गत शुरुवाती चरणमा बर्दियाको मधुवन र गुलरिया नगरपालिकाका महिलालाई संलग्न गराइने भएको छ । शुक्रबार गुलरियामा थारु महिला उत्थान केन्द्रले एक कार्यक्रमको आयोजना गर्दै यस बारे सम्बन्धित सरोकारवाला निकाय संग छलफल तथा परामर्श समेत गरेको छ । रासायनिक मलको ठाउमा जैविक मलको प्रयोग गरी कृषी जन्य उत्पादनमा जोड दिई थारु महिलालाई आर्थिक समृद्धि तर्फ लगीने थारु महिला उत्थान केन्द्र बर्दियाकी कार्यकारी निर्देशक प्रिज्मासिंह थारुले बताउनु भयो ।
परम्परागत रूपमा माहिलाले प्रयोगगर्दै आएको बढी कार्बन उत्पादन गर्ने दाउराका ठाँउमा नविकरणिय उर्जाको प्रयोग गर्न सिकाउने लक्ष्य राखिएको जानकारी गराउनु भयो । हालका लागी मधुवन नगरपलिकाको वडा नं १, २, ३ र गुलरिया नगरपालिकाको ४ र ५ मा सञ्चालन गर्दा करिब १ हजार भन्दा बढी महिलाहरु प्रत्यक्ष संलग्न भइ लाभान्वित हुने उहाँले बताउनु भयो । समुदायमा रासायनिक मलको ठाउँमा जैविक मलको प्रयोग गरी महिलाहरुको आर्थिक उन्नतीमा टेवा पुरÞ्याउने लक्ष्य राखिएको थारुले बताउनु भयो । छलफलमा गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतमले महिलाले दैनिक काठ, दाउराको प्रयोगले उनिहरुको फोक्सोमा असर भइरहेको भन्दै कार्बन रहित चुलोको प्रयोग गर्न सुझाव दिनु भयो ।
हरेक खानेकुरामा विषादीको अत्याधिक प्रयोगले मानव जिवनमा नराम्रो असर गरिरहेकोले जैविक मलको प्रयोगमा बढावा दिने तर्फ समुदाय स्तरमा जनचेतना कार्यक्रम गर्नुपर्ने सुझाब समेत दिनु भयो । छलफलमा उपस्थित सरोकार वाला निकायले जैविक मलको प्रयोगलाई बढावा दिई रसायनको प्रयोग बन्द गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा विषयगत शाखाका शाखा प्रमुख, गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल, स्थानिय कृषक लगायत सरोकारवाला निकायको सहमागीता रहेको थारु महिला उत्थान केन्द्रका कार्यक्रम व्यवस्थापक तेजमणी पन्थले जानकारी गराउनु भयो ।
Facebook Comments