• २७ मंसिर २०८१, बिहिवार
  • ४ °C काठमाडौं
गहुँमा मलको अभाव टार्न राजापुरमा नयाँमल

चुरेकुञ्ज, १ मंसिर, राजापुर (बर्दिया) । बर्दियाको राजापुरमा मलको अभाब हुन नदिन सुन्दर एग्रिकल्चर कम्पनी प्रा.लि.ले रासायनिक मल उपलब्ध गराउने भएको छ । गहुँ खेती लगाउन शुरु भएको बेला यस क्षेत्रमा जहिले पनि मलको हाहाकार हुने गरेको अबस्थामा यस बर्ष देखी कृषक हरुको आवस्यकतालार्ई मध्यनजर गरी सुन्दर खेतीले बनाउँदै सुन्दर देश भने नारा सहित हरितिमा र सुन्दर देश नामक मल उपलब्ध गराउने भएको हो । 

राजापुरका मल बितरक संस्था, कृषक, कृषी सहकारी संस्थाका प्रमुख प्रतिनिध, ब्यापारीहरु संग छलफल गरि राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका कृषकलाई आवस्यकता अनुसार मल दिन सक्ने कम्पनिले जनाएको छ । शनिवार गरिएको छलफलमा शर्मा चौधरी, बिरेन्द्र चौधरी, ऋषि प्रसाद बासकोटा, बालचन्द्र थारु माधब गौतमले मलको गुणस्तर, बिषेशता र उत्पादनको बिसयमा धारणा राख्दै सबै किसानहरुले एकपटक मल प्रयोग गर्न आग्रह गर्नु भएको छ । 

सुन्दर एग्रिकल्चर कम्पनी प्रा.लिको हरितिमा र सुन्दर देश नामक रासायनिक मलले युरिया, पोटास, डिएपी भन्दा पनि राम्रो कामगर्ने राम्रो बाली उत्पादन गर्ने बताएको छ । सुन्दर एग्रिकल्चर कम्पनी प्रा.लि.को बर्दिया राजापुको आधिकारिक बिग्रेता तिलक पौडेल रहेकोले राजापुर र गेरुवाका कृषकहरुले ९८५८०८०२६७ मा सम्पर्क गरी मल लिन सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

Facebook Comments