• १४ असोज २०८०, आइतवार
  • २१ °C काठमाडौं
माओबादी केन्द्रको रुपान्तरण अभियान शुरु


केशव कोईराला, राजापुर (बर्दिया) । बर्दियाको राजापुरमा जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान शुरु भएको छ । नगरपालिकाका १० वटै वडाहरुमा अभियान सुरु गरिएको हो । 


माओवादी पार्टी प्रति पछिल्लो समय जनगुनासो आएका कारण जनताको भावना बुझ्न र संगठन बिस्तार गर्न अभियान चलाईएको नेपाल कम्युष्टि पार्टी माओवादी केन्द्र राजापुर नगर अध्यक्ष चिन्तामणी आचार्य (दिपेन्द्र) ले बताउनुभयो । राजापुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बिदुर पोख्रेलले पार्टी नेतृत्व विलासितामा भुलेकोभन्दै जनजनको मनमनमा बस्न २०६४ सालकै नेतृत्वसँगै  प्रिय पार्टी बनाउन रुपान्तरण  अभियान शुरु गरिएको बताउनु भयो । 


“जनप्रतिनिधी वा कार्यकर्ता जो जुन जस्तो स्थानमा भएपनी जनताको दुःख सुखमा साथ दिन घर दैलो गर्न पनी अभियानले मद्दत पुग्ने उहाँको भनाई छ । राजापुर नगरपालिका वडा नं ८ का अध्यक्ष राजेश थारुले हरेकको मनमनमा बस्न चुप लागेर बस्न नहुनेभन्दै अभियानमा सक्रिय भएर सवै लाग्नुपर्ने धारणा राख्नुभयो । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको भर्चुअल माध्यमबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो । 

सम्बन्धित समाचार

Facebook Comments