• २७ मंसिर २०८१, बिहिवार
  • ५ °C काठमाडौं
मधुवनको पत्थरबोझीमा सामुदायिक अन्नभण्डार शुभारम्भ

चुरेकुञ्ज, ३ मंसिर, बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ स्थित पत्थरबोझीमा हात्ती मेरो साथी सामुदायिक अन्नभण्डार उद्घाटन भएको छ । लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले अन्नभण्डारको उद्घाटन गर्नुभएको हो ।

मधुवन नगरपालिका र जीएनएफको आर्थिक सहयोग तथा आईयूसीएनको प्राविधिक सहयोगमा उज्यालो नेपालद्वारा संचालित कन्सोलिडेटिङ एण्ड डिसेमीनेशन कस्ट इफेक्टिभ एप्रोएचेच टु मिटिगेट ह्युमन इलिफेन्ट कन्फ््िलिक्ट ईन नेपाल एण्ड ईण्डीया परियोजनाको लगानी एवम जनश्रमदानबाट १३ लाख ३ हजार ९६९ रुपैयाको लागतमा अन्न भण्डार निर्माण गरिएको हो । अन्न भण्डार निर्माण कार्यको लागि उज्याले नेपालको ९ लाख, मधुवन नगरपालिकाको २ लाख ८७ हजार २६४ र १ लाख १६ हजार ७०५ रुपैया जनश्रमदान रहेको उज्यालो नेपालले जनाएको छ । 

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिमिल्सिनाले सो क्षेत्रमा मानव वन्यजन्तु विच सहअस्तित्व निर्माणका लागि आफू प्रदेश सरकारमा लडीरहेको बताउनु भयो । द्वन्द न्यूनिकरण गर्न सरोकारवाला निकाय एवम् समुदाय एक भएर लाग्नुपर्नेमा उहाँको जोड छ । कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व वार्डेन रमेश थापा, उज्यालो नेपालका अध्यक्ष, एवम् सरोकारवालाहरुको सहभागीता थियो ।

सम्बन्धित समाचार

Facebook Comments